सर्वोच्चभित्रै लोकसेवा तयारीको कोचिङ, कर्मचारीद्वारा तालाबन्दी

सर्वाेच्च अदालत परिसरभित्रै लोकसेवा तयारी कक्षा चलाएपछि विवाद शुरु भएको छ । यस्तो यस्तो कक्षा शुरु गरेको हो,एमाले निकट निजामती कर्मचारी संगठन,सर्वोच्च अदालतले । संगठनले न्यायालयको सर्वोच्च थलोमा मोटो रकम असुलेर कोचिङ कक्षा शुरु गरेको भन्दै तालाबन्दी गरिएको छ ।

बिज्ञापन

नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले आजदेखि सञ्चालन गरेको लोकसेवाको तयारी कक्षालाई लिएर विवाद निम्तिएको छ । सर्वोच्चको एनेक्स भवनको सभाहलमा बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म न्याय सेवाको लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको थियो । सर्वोच्च प्रशासनले लाखौं रुपैयाँ खर्चिएर हालै मर्मत गरेको भवन कुनै संगठनको पैसा कमाउने ठाउँ बनेको जनाउँदै विरोध गर्दै तालाबन्दी गरेको

बिज्ञापन

संगठनले ५० जनाको सिट संख्या नै निर्धारण गरेर कक्षामा सहभागी हुन साढे १३ हजार रुपैयाँ शुल्क तोकेको छ । लोकसेवा आयोगबाट लिइने नेपाल न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) उपसचिव पदको प्रथम र द्वितीय दुवै पत्रको तयारी कक्षा सञ्चालन हुने र सहभागिताका लागि भर्ना शुल्कवापत साढे १३ हजार रुपैयाँ तिर्नुपर्ने उल्लेख छ ।सोको विरुद्धमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले तालाबन्दी गरेको छ।

व्यापारिक प्रयोजनार्थ ट्युसन सेन्टर संचालन गर्न दिएको विरोधमा सर्वोच्चका मुख्य रजिष्टार देवेन्द्रराज ढकाल मौखिक गुनासो गरेपनि त्यसको सुनुवाई नभएपछि ताला लगाउनु परेको माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको भनाइ छ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

बिशेष