‘चेक एण्ड व्यालेन्स’ !

सोमबार साँझ बसेको क्याविनेटले २१ सचिवको सरुवा हुँदा काँग्रेस मन्त्री भएका कतिपय मन्त्रालयमा एमालेप्रति आस्थावान सचिवहरुलार्ई चलाइएको छैन । काँग्रेस एमाले गठबन्धनको सरकार बनेसँगै पहिलो २१ जना सचिवहरु सरुवामा परे,जस्मा अर्थ,उद्योग,खानेपानी,भौतिक,उर्जा,रक्षा,अख्तियार,सामान्य प्रशासन लगायतका सचिवहरु सरुवा भए ।

बिज्ञापन

सरुवाको सूची अनुसार हालका राजश्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा, अर्थसचिव मधु मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले राजस्व सचिवको रुपमा सरुवा गरिएको छ भने वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव रहेका मधुसुदन बुर्लाकोटीलाई खटाइएको छ ।

बिज्ञापन

रक्षा मन्त्रालयमा २ बर्षभन्दा बढी समय बिताएका किरण शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोग,अख्तियारका सचिव रामेश्वर दंङ्गाललाई रक्षामा ल्याइएको छ । यस्तै हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा पुगेका छन् ।
यता श्रम मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट भरतमणि सुवेदीलाई ल्याइएको छ । यस्तै,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशवकुमार शर्मा सचिवका रुपमा फर्किएका छन् । त्यहाँका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन् । डिल्लीराम शर्माको राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएको छ । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहेका रामकृष्ण सुवेदीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा भएका छन् ।

सञ्चार मन्त्रालयको सचिवमा उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालले जिम्मेवारी पाएकी छिन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडी राष्टिय तथ्यांक कार्यालय पुगेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएको छ ।राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडी, नेपाल ट्रष्टको कार्यालयमा रामाधार शाह, खानेपानी मन्त्रालयमा प्रमिला देवी बज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्य सरुवा भएका छन् ।

बिज्ञापन

तर गृह,पर्यटन,शहरी,वनमा काँग्रेसका मन्त्रीहरु छन् । त्यहाँ एमाले निकटका एकनारायण अर्याल,मणिराम गेलाल,गणेश पाण्डे,गोविन्द शर्माहरु सचिवको जिम्मेवारीमा छन् । लामो समयदेखि भूमि मन्त्रालयमा बसेका गोकर्णमणि दुवाडीलाई लखेटेर तथ्यांक कार्यालय,उनकै भाइ नारायण दुवाडीलाई राष्ट्रपति कार्यालय,एरोनोटिकल इञ्जिनियर सुरेश आचार्यलाई उर्जा आयोगतिर खटाइएको छ । काँग्रेसी भनेर चिनिए पनि मधेसी पार्टीसँग व्यक्तिगत सम्बन्ध भएका मुकुन्द निरौला सेटिङ्ग मिलाएर शरदसिंङ्ग भण्डारीले सम्हालेको श्रम मन्त्रालयतिर पुगेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको राडरमा अर्काे अधिकृत,जिम्मेवारी खोसेर विभागमा फिर्ता

छानबिन समितिको प्रतिवेदन : सभापति खतिवडा र सचिव दुरा मुख्य दोषी

छानबिन समितिमा जुट्यो सहमति,बिहान ४ बजे प्रतिवेदन पास

सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारितामा सार्वजनिक खरिदको भूमिका

३२ जना शाखा अधिकृतको सरुवा

इन्जिनियरहरूको सरुवा

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

बिशेष