एकै पटक ९१ न्यायधीशहरुको सरुवा (सूचीसहित)

न्याय परिषद्ले एकै पटक ठुलो मात्रामा जिल्ला न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।

बिज्ञापन

प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको हो । मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले २ सचिवको सरुवा र २ जनालाई सचिव बढुवा गर्ने निर्णय गरेको थियो । आजको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयमा खटाएको छ भने कानुन मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव लिला गड्तौला मुख्यसचिव भएपछि रिक्त रहेको उक्त सचिव पदमा गौतमलाई सरुवा गरिएको हो ।

बिज्ञापन

यस्तै हालैमात्र सचिवले राजीनामा दिएसँगै रिक्त रहेको पदमा आलोकचन्द्र श्रेष्ठलाई बढुवा गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । उनी रक्षा मन्त्रालयमा सहसचिवको रूपमा रहेका थिए । त्यस्तै पाराश्वर ढुङ्गानालाई नेपाल कानुन आयोगको सचिवको रूपमा बढुवा गर्दै पदस्थापन गरेको छ । उनी नेपाल कानुन आयोगमै सहसचिवको रूपमा रहेका थिए ।

सरुवाको सूची अनुसार,उच्च अदालत पाटका न्यायाधीश धीरबहादुर चन्दलाई उच्च अदालत जनकपुर राजविराज इजलासमा पठाइएको छ भने उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासमा रहेका न्यायाधीश लेखनाथ पौडेललाई उच्च अदालत पाटनमा ल्याइएको छ । उनी उच्च अदालत पाटनमा काजमा थिए ।

बिज्ञापन

यस्तै उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेतमा सरूवा गरिएको छ भने उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानलाई भने उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा पठाइएको छ ।

न्यायधीश सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको राडरमा अर्काे अधिकृत,जिम्मेवारी खोसेर विभागमा फिर्ता

छानबिन समितिको प्रतिवेदन : सभापति खतिवडा र सचिव दुरा मुख्य दोषी

छानबिन समितिमा जुट्यो सहमति,बिहान ४ बजे प्रतिवेदन पास

सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारितामा सार्वजनिक खरिदको भूमिका

३२ जना शाखा अधिकृतको सरुवा

इन्जिनियरहरूको सरुवा

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

बिशेष