बैकुण्ठको पक्षमा पूर्व मन्त्रीदेखि पूर्व सचिवसम्मको बहस

भ्रष्टाचारको आरोपमा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा भएका छन् । अख्तियारले मुद्धा लगेको ३५ दिनपछि बयानका लागि आज विशेष अदालतमा पुगेका पूर्वमुख्य सचिव डा वैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा रिहा गरेको हो ।

बिज्ञापन

थुनछेक प्रयोजनका निम्ति आइतबार विशेष अदालत पुगेका अर्यालको बयान साकिएपछि भएको थुनछेक बहस भएको थियो । अर्यालको पक्षमा बहस गर्ने पूर्व मन्त्रीदेखि,पूर्व सचिवसम्म पुगेका थिए । अर्यालको पक्षमा थुनछेक बहस गर्न पूर्व कानुनमन्त्री गोविन्द बन्दी,पूर्व सचिव यादव कोइराला र कृष्णजीवि घिमिरेहरुले थुनछेक बहस गरेका थिए । बन्दी पेशाले कानुन व्यवसायी नै हुन । माधव कुमार नेपालको नातेदार उनी सोही कोटाबाट कानुनमन्त्री बनेका थिए,६ महिना । सचिव पदबाट अवकाशपछि यादव कोइराला वकालत पेशातिर मोडिएका छन् । नेपालको प्रशासनिक इतिहासमा सचिव तहबाट अवकाश पाएको व्यक्तिले वकालत पेशा अंगालेको यो विरलै घटना होला । उनलाई अहिले सर्वोच्च,विशेष र डिल्लीबजारमा तपशील फर्म सञ्चालन गरिरहेका कोइरालाका पाटर्नर छन् अधिवक्ता कृष्णजीवी घिमिरे, डा देवबहादुर बोहरा । हिजो विशेषमा थुनछेक बहस गर्न उत्रिएका कृष्णजीवि पूर्व सचिव हुन ।
थुनछेक बहस पछि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । उनी धरौटी बुझाएर रिहा भएका छन् ।

बिज्ञापन

अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर अर्यालसहितका प्रतिवादीहरूलाई एकमुस्ट ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरिएको थियो । अर्याललाई अख्तियारले अन्तःशुल्क स्टिकर छपाइ गर्दा ६ करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेषमा मुद्धा चलाएकोमा विशेषले ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष