निलम्बनको ३५ दिनपछि बैकुण्ठ अर्याल विशेष अदालतमा हाजिर

गत असार पहिलो साता भ्रष्टाचार मुद्धा चलेर निलम्बन भएका मुख्यसचिव बैकुण्ठ अर्याल अहिले विशेष अदालतमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ असारमा मुख्यसचिव डा बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेको अहिले बयानका लागि विशेष अदालतमा पुगेका हुन ।

बिज्ञापन

अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेर विशेषमा मुद्धा दायर गरेसँगै ३५ दिनदेखि निलम्बित अर्याल अहिले बयानका लागि विशेषमा पुगेका हुन ।

बिज्ञापन

आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।यही प्रकरणमा विशेष अदालतले सहसचिव रितेश शाक्यलाई एक लाख धरौटीमा छाड्न आदेश दिइसकेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष