गृहमन्त्री रमेश लेखकले भुटानी शरणार्थीको फाइल अघि बढाउने प्रहरी अधिकारीको सरुवा गरेका छन् । अपराध महाशाखाको प्रमुख हुंदा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खांडसहित उच्च अधिकारीहरु पक्राउ गर्ने डीआईजी मनोज केसीको दुई महिना नपुग्दै सरुवा भएको हो । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दिन बुधबार नै गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई जिम्मेवारीबाट हटाइएको हो ।
बिज्ञापन
गत १४ असारमा वेचन क्रा प्रक्राउ परेसँगै नेपाली राजनीति समेत यूटर्न भएको थियो । तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग भेट गराइदिने व्यक्ति उनै झा भएको बताइन्छ । मनोजकै सक्रियतामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न उच्च तहका बिचौलिया बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गरिएको थियो तर रमेश लेखक गृह मन्त्री बनेर आएसँगै आकस्मिक रूपमा सरुवा गरेको हो ।शरणार्थी प्रकरणमा संलग्न बेचन झालाई पनि पक्राउ गर्न उनको टिमले सहयोग गरेको आशंकामा गृहमन्त्री रमेश लेखकले केसीलाई सरुवा गरेका हुन् ।
बिज्ञापन
गृहले डिआइजी मनोज केसीलाई विशेष ब्युरोमा खटाएको दुई महिना नहुँदै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो । गत जेठमा बढुवा भएलगत्तै केसीको ब्युरोमा सरुवा भएको थियो । तर, दुई महिना नहुँदै बिहीबार उनको फेरि सरुवा भएको छ ।
उनको ठाउंमा डिआईजी राजन अधिकारीलाई विशेष ब्युरोमा ल्याइएको छ ।अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकट अफिसर मानिन्छन् । अधिकारी महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।