काँग्रेसमा गुटको शिकार :-मन्त्री नियुक्त भएका तामाङ शपथ नहुँदै आउट

नेपाली काँग्रेसभित्र गुटगत राजनीति कुन रुपमा मौलाउँदै छ भन्ने एउटा सानो उदाहरण हो,बाग्मती प्रदेशको मन्त्रिपरिषद् बिस्तार ।बाग्मती प्रदेशभित्र सबैभन्दा पिछडिएको जिल्ला मानिने रसुवा जिल्लाका एक तमाङका छोरा यही गुटगत राजनीतिको चरम शिकार बनेका छन् । चार दिन अघि मन्त्री नियुक्त भएका उनले बधाई प्रशस्तै खाए । तर उधारो बधाई मात्र खाए मन्त्रीको शपथ खानै पाएनन् ।

बिज्ञापन

चार दिन अघि अर्थात बिहिबारमात्र बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसहित नियुक्ति पाएका प्रभात लामाले शपथ खान पाएनन् ।

बिज्ञापन

प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बिहीबार कांग्रेसबाट चारजना मन्त्रीको नियुुक्ति गर्दा तामाङलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर मुख्यमन्त्री लामाले शनिबार मन्त्रिपरिषद् विस्तार गर्दा प्रभात तामाङको नाम काटे ।तामाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिएपछि रुष्ट बनेका कुन्दनराज काफ्लेले मुख्यमन्त्री बहादुर सिंह लामालाई भेटेर असन्तुष्ट जाहेर गरेपछि विहिबार कांग्रेसका नवनियुक्त मन्त्रीहरुको शपथ रोकिएको थियो । यस अघि प्रभातलाई प्रदेशको अर्थमन्त्रीमा नियुक्ति गरिएको थियो भने कुन्दनलाई सामाजिक विकास मन्त्री ।

तर कुन्दनहरुको दौडधूपले साकार पाउँदा सामाजिक विकास मन्त्रीबाट उनी प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउँदा रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने तमाङको नाममा टिपेक्स लाग्न पुगेको छ ।
निबार बिहान एकाएक लामाले यसअघि मन्त्री बनाएका तामाङलाई आर्थिक मामिलाबाट मात्र नभै मन्त्रिपरिषद्‌बाट हटाउँदै उनको ठाउँमा काठमाडौंकी हरिप्रभा खड्गी श्रेष्ठलाई मन्त्रीमण्डलमा सामेल गर्दै यसअघि काफ्लेलाई दिइएको सामजिक विकास मन्त्रीको जिम्मेवारी दिए । खड्गी यस अघि काठमाडौं महानगरपालिकाको उपमेयर समेत हुन । कांग्रेसबाट महिलालाई मन्त्री बनाउनुपर्ने भएपछि तामाङको नाम हटाउनु परेको बताइएको छ ।

बिज्ञापन

तमाङ अन्तत गुटको शिकार बनेका छन् । बागमती प्रदेश काँग्रेसभित्र इन्द्र बानियाँ र बहादुर सिंहलामा समूहबीचको गुटगत लफडा छ । सोही गुटका शिकार बनेर तमाङ मन्त्रीमा नियुक्त भएर पनि शथप लिन पाएनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष