काँग्रेसमा गुटको शिकार :-मन्त्री नियुक्त भएका तामाङ शपथ नहुँदै आउट

नेपाली काँग्रेसभित्र गुटगत राजनीति कुन रुपमा मौलाउँदै छ भन्ने एउटा सानो उदाहरण हो,बाग्मती प्रदेशको मन्त्रिपरिषद् बिस्तार ।बाग्मती प्रदेशभित्र सबैभन्दा पिछडिएको जिल्ला मानिने रसुवा जिल्लाका एक तमाङका छोरा यही गुटगत राजनीतिको चरम शिकार बनेका छन् । चार दिन अघि मन्त्री नियुक्त भएका उनले बधाई प्रशस्तै खाए । तर उधारो बधाई मात्र खाए मन्त्रीको शपथ खानै पाएनन् ।

बिज्ञापन

चार दिन अघि अर्थात बिहिबारमात्र बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसहित नियुक्ति पाएका प्रभात लामाले शपथ खान पाएनन् ।

बिज्ञापन

प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बिहीबार कांग्रेसबाट चारजना मन्त्रीको नियुुक्ति गर्दा तामाङलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर मुख्यमन्त्री लामाले शनिबार मन्त्रिपरिषद् विस्तार गर्दा प्रभात तामाङको नाम काटे ।तामाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिएपछि रुष्ट बनेका कुन्दनराज काफ्लेले मुख्यमन्त्री बहादुर सिंह लामालाई भेटेर असन्तुष्ट जाहेर गरेपछि विहिबार कांग्रेसका नवनियुक्त मन्त्रीहरुको शपथ रोकिएको थियो । यस अघि प्रभातलाई प्रदेशको अर्थमन्त्रीमा नियुक्ति गरिएको थियो भने कुन्दनलाई सामाजिक विकास मन्त्री ।

तर कुन्दनहरुको दौडधूपले साकार पाउँदा सामाजिक विकास मन्त्रीबाट उनी प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउँदा रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने तमाङको नाममा टिपेक्स लाग्न पुगेको छ ।
निबार बिहान एकाएक लामाले यसअघि मन्त्री बनाएका तामाङलाई आर्थिक मामिलाबाट मात्र नभै मन्त्रिपरिषद्‌बाट हटाउँदै उनको ठाउँमा काठमाडौंकी हरिप्रभा खड्गी श्रेष्ठलाई मन्त्रीमण्डलमा सामेल गर्दै यसअघि काफ्लेलाई दिइएको सामजिक विकास मन्त्रीको जिम्मेवारी दिए । खड्गी यस अघि काठमाडौं महानगरपालिकाको उपमेयर समेत हुन । कांग्रेसबाट महिलालाई मन्त्री बनाउनुपर्ने भएपछि तामाङको नाम हटाउनु परेको बताइएको छ ।

बिज्ञापन

तमाङ अन्तत गुटको शिकार बनेका छन् । बागमती प्रदेश काँग्रेसभित्र इन्द्र बानियाँ र बहादुर सिंहलामा समूहबीचको गुटगत लफडा छ । सोही गुटका शिकार बनेर तमाङ मन्त्रीमा नियुक्त भएर पनि शथप लिन पाएनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

सुशीला सरकारको ‘सुशासन’ : दुई महिना नपुग्दै आधा दर्जन सहसचिव भकुण्डो

काँग्रेसी कलह : निजामती कर्मचारी युनियनपछि स्वास्थ्यकर्मी संघमा लफडा

बजेट निर्माण प्रक्रिया सुरु : समपूरक- विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

बिशेष