मुख्यसचिवको टुंगो लागेपछि गृहतिर ध्यान

बरिष्ठताका आधारमा दशौं नम्बरमा रहेकी लीलादेवी गड्तौला मुख्यसचिव बनाइएसँगै अब सचिव सरुवा गर्ने तयारी चल्दैछ ।

बिज्ञापन

तेह्रथुममै जन्मिएका प्रधानमन्त्री ओलीले सोही जिल्लाकी गड्तौलालाई मुख्यसचिव बनाएर पुरस्कृत गरिएको छ । उनी अबको ३७ दिन पछि उमेर हद लागेर घर फर्कनेछिन् । मुख्यसचिवमा नियुक्त भएकी गड्तौला सचिवहरूको वरिष्ठता क्रमको १०औँ नम्बरमा छिन् । सचिव पदमा नियुक्त भएको आधारको वरिष्ठता क्रमअनुसार अहिले जेष्ठतम् सचिवमा तोयनारायण ज्ञवाली छन् । यसपछि तोयम राया आउँछन् । तर, राया सचिवबाट राजीनामा दिएर महालेखापरीक्षकमा नियुक्त भइसकेका छन् । रायापछि क्रमशः रामकृष्ण सुवेदी, दिनेश भट्टराई, टेकनारायण पाण्डे, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा, सुदर्शन खड्का र मधुकुमार मरासिनी छन् । वरिष्ठताको १०औँ नम्बरमा भए पनि सरकारले उनलाई नै मुख्यसचिव नियुक्त गरेको छ ।  उनीहरुलाई पछि पार्दै निजामतीको सर्वोच्च पदमा लीलादेवी गड्तौला पुग्न सफल भएकी हुन ।

बिज्ञापन

गड्तौलाको अवकाशपछि गृहसचिव अर्याल मुख्यसचिव बन्ने सम्भावना प्रबल देखिन्छ । बरु आगामी भदौमा गृहसचिव अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा त्यता जान उपयुक्त देखेका केही सचिवहरु दौडधुपमा लागेका छन् ।
गृह सचिव बन्नका लागि काँग्रेससँग निकट मानिएका कृष्णहरि पुस्कर,नारायणप्रसाद दुवाडी,महालेखा नियन्त्रण कार्यालयका विनोदप्रकाश सिंह,श्रम तथा रोजगार मन्त्रालयका घनश्याम उपाध्याय र सामान्य प्रशासनका मुकुन्दप्रसाद निरौलाले त्यस्तो आश गर्नु अन्यथा पनि भएन । त्यसमा सुदूरपश्चिमको डोटी ससुराली भएका कृष्णहरि र उतैका विनोदप्रकाशबीच धेरै प्रतिस्पर्धा हुनसक्ने आकलन छ । सचिव घनश्यामले पनि नेताहरुको मन यसअघि नै जितिसकेको भन्नेहरु पनि भेटिएका छन् ।

यस्तै हाल अर्थ मन्त्रालयमा कार्यरत सचिव मधुमरासिनीलाई उपराष्ट्रपति कार्यालयतिर पठाउने गरी छलफल भइरहेको उच्च स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष