भारतमा बैरागी र चीनमा रेग्मीलाई राजदूत नियुक्ति गर्ने तयारी

सरकारले पूर्व मुख्य सचिव र सचिवहरुलाई विभिन्न मुलुकमा राजदूत नियुक्ति गरेर पठाउने तयारी गरिरहेको छ । अहिले भारत, अमेरिकासहितका विभिन्न मुलुकमा राजदूत रिक्त छ । यस्तै माओवादी र समाजवादीको कोटामा राजदूत बनेर गएकाहरुलाई फिर्ता बोलाएर त्यहाँ एमाले र काँग्रेसको कोटाबाट राजदूत नियुक्ति गर्ने तयारी अगाडि बढाइएको हो ।

बिज्ञापन

यस अघि गत असार तेश्रो साता लागि रिक्त रहेका ११ मध्ये सरकारले आठ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो । राजदूतमा पूर्वमुख्यसचिव तथा बेलायतका लागि पूर्वराजदूत लोकदर्शन रेग्मी, अमेरिकाका चन्द्रकुमार घिमिरे,बेलायतका डा विजन पन्त,दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि डा नेत्रप्रसाद तिमिल्सिना सिफारिस गरेको थियो ।
तर लगतै मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेसँगै यो प्रक्रिया त्यतिकै थन्किएको थियो । पूववर्ती सरकारले गरेको राजदूत नियुक्ति प्रक्रिया त्यतिकै थन्किएपछि पुन काँग्रेस एमाले सरकारले भारतका लागि राजदूतमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीलाई भारत र चीनका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिश गर्ने सरकारले तयारी गर्न लागेको हो ।कार्याकाल बाँकी छँदै मुख्यसचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा सल्लाहकार पद श्रृजना गरेर शंकरदास बैरागीलाई जागिर खुवाएको सरकारले फेरि उनलाई भारतको राजदूत बनाएर खटाउने तयारी चल्दैछ ।  भारतमा राजदूत पद रिक्त छ भने चीनमा कार्यरत रहेका विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर त्यहाँ लोकदर्शन रेग्मीलाई खटाउने तयारी चल्दैछ ।

बिज्ञापन

५५ बर्ष अघि पर्वतमा जन्मिएका उनी ०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनी २०७२ सालमा परराष्ट्र सचिव भएका थिए । परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो पात्र हुन् । सचिवका रुपमा उनको पाँचवर्षे कार्यकाल यही २२असोजमा पूरा हुँदै थियो तर सरकारले लोकदर्शन रेग्मीलाई बेलायतको राजदुत बनाएर सो स्थानमा बैरागीलाई मुख्यसचिव बनाएको थियो ।

बैरागीले परराष्ट्र सेवामा नै रहँदा अधिकांश समय विदेशमै बिताएका कर्मचारी हुन । बैरागीसँग मुलुकभित्रको समग्र कर्मचारी प्रशासन बुझेको अनुभव नभएका कर्मचारीका रुपमा चिनिन्थ्यो । परराष्ट्र मन्त्रालयको र विदेशी नियोगमा मात्र जागिरे जीवनमा झण्डै ३ दशक समय बिताएका बैरागी नरम, शालीन, भद्र र कसैलाई नबिझाउने स्वभावका छन् । लामो समय कुटनीतिक क्षेत्रमा बसेर काम गरेका कारण अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा जानकार छन् भन्छन उनका समकक्षीहरु ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

बिशेष