भारतमा बैरागी र चीनमा रेग्मीलाई राजदूत नियुक्ति गर्ने तयारी

सरकारले पूर्व मुख्य सचिव र सचिवहरुलाई विभिन्न मुलुकमा राजदूत नियुक्ति गरेर पठाउने तयारी गरिरहेको छ । अहिले भारत, अमेरिकासहितका विभिन्न मुलुकमा राजदूत रिक्त छ । यस्तै माओवादी र समाजवादीको कोटामा राजदूत बनेर गएकाहरुलाई फिर्ता बोलाएर त्यहाँ एमाले र काँग्रेसको कोटाबाट राजदूत नियुक्ति गर्ने तयारी अगाडि बढाइएको हो ।

बिज्ञापन

यस अघि गत असार तेश्रो साता लागि रिक्त रहेका ११ मध्ये सरकारले आठ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो । राजदूतमा पूर्वमुख्यसचिव तथा बेलायतका लागि पूर्वराजदूत लोकदर्शन रेग्मी, अमेरिकाका चन्द्रकुमार घिमिरे,बेलायतका डा विजन पन्त,दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि डा नेत्रप्रसाद तिमिल्सिना सिफारिस गरेको थियो ।
तर लगतै मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेसँगै यो प्रक्रिया त्यतिकै थन्किएको थियो । पूववर्ती सरकारले गरेको राजदूत नियुक्ति प्रक्रिया त्यतिकै थन्किएपछि पुन काँग्रेस एमाले सरकारले भारतका लागि राजदूतमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीलाई भारत र चीनका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिश गर्ने सरकारले तयारी गर्न लागेको हो ।कार्याकाल बाँकी छँदै मुख्यसचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा सल्लाहकार पद श्रृजना गरेर शंकरदास बैरागीलाई जागिर खुवाएको सरकारले फेरि उनलाई भारतको राजदूत बनाएर खटाउने तयारी चल्दैछ ।  भारतमा राजदूत पद रिक्त छ भने चीनमा कार्यरत रहेका विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर त्यहाँ लोकदर्शन रेग्मीलाई खटाउने तयारी चल्दैछ ।

बिज्ञापन

५५ बर्ष अघि पर्वतमा जन्मिएका उनी ०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनी २०७२ सालमा परराष्ट्र सचिव भएका थिए । परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो पात्र हुन् । सचिवका रुपमा उनको पाँचवर्षे कार्यकाल यही २२असोजमा पूरा हुँदै थियो तर सरकारले लोकदर्शन रेग्मीलाई बेलायतको राजदुत बनाएर सो स्थानमा बैरागीलाई मुख्यसचिव बनाएको थियो ।

बैरागीले परराष्ट्र सेवामा नै रहँदा अधिकांश समय विदेशमै बिताएका कर्मचारी हुन । बैरागीसँग मुलुकभित्रको समग्र कर्मचारी प्रशासन बुझेको अनुभव नभएका कर्मचारीका रुपमा चिनिन्थ्यो । परराष्ट्र मन्त्रालयको र विदेशी नियोगमा मात्र जागिरे जीवनमा झण्डै ३ दशक समय बिताएका बैरागी नरम, शालीन, भद्र र कसैलाई नबिझाउने स्वभावका छन् । लामो समय कुटनीतिक क्षेत्रमा बसेर काम गरेका कारण अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा जानकार छन् भन्छन उनका समकक्षीहरु ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष