निजामतीमा ‘सिष्टम ब्रेक’को निरन्तरता

रेकर्ड त ब्रेक भयो लीलादेवी गड्तौला पहिलो कामु हुँदै महिला मुख्य सचिव नियुक्त भइन । तर यस पटक पनि मुख्य सचिव नियुक्त गरिँदा सिष्टम ब्रेक भएको चर्चा चल्न थालेको छ । कनिष्ठलाई निजामती प्रशासनको सर्वोच्च नेतृत्व दिइएपछि ‘सिस्टम ब्रेक’ भएको चर्चा एकाथरी कर्मचारीहरु बीच चर्चा चल्न थालेको हो ।

बिज्ञापन

कानूनतः मुख्य सचिवको बढुवामा नेपाल सरकार पूर्णतः जिम्मेवार रहेको छ । कानूनले मुख्य सचिवको बढुवा ज्येष्ठता र कार्यकुशलताको आधारमा हुने भने पालना हुने गरेको छैन ।

बिज्ञापन

मुख्यसचिवमा नियुक्त भएकी गड्तौला सचिवहरूको वरिष्ठता क्रमको १०औँ नम्बरमा थिइन् । सचिव पदमा नियुक्त भएको आधारको वरिष्ठता क्रमअनुसार अहिले जेष्ठतम् सचिवमा तोयनारायण ज्ञवाली छन् । यसपछि तोयम राया आउँछन् । तर, राया सचिवबाट राजीनामा दिएर महालेखापरीक्षकमा नियुक्त भइसकेका छन् । रायापछि क्रमशः रामकृष्ण सुवेदी, दिनेश भट्टराई, टेकनारायण पाण्डे, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा, सुदर्शन खड्का र मधुकुमार मरासिनी छन् । वरिष्ठताको १०औँ नम्बरमा भए पनि सरकारले उनलाई नै मुख्यसचिव नियुक्त गरेको छ ।  उनीहरुलाई पछि पार्दै निजामतीको सर्वाेच्च पदमा लीलादेवी गड्तौला पुग्न सफल भएकी हुन ।
अबको ३७ दिन पछि नै फेरि अर्काे नयाँ मुख्य सचिव नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ । मुख्यसचिवको पद राजनीति र प्रशासनको मिलनबिन्दु हो । यहीबाट राजनीतिले प्रशासनको विज्ञता र प्रशासनले राजनीतिको विश्वास प्राप्त गर्छ । सबै कर्मचारीको अपेक्षा र आकर्षण यही पद हो ।‌ कर्मचारीले आफूलाई योग्य र विज्ञ बनाउने उत्प्रेरणा यही पदबाट प्राप्त गर्छ। सचिवहरु मन्त्रीका सल्लाहकार हुन र मुख्यसचिव सरकारलाई सल्लाह दिने संस्थागत पद हो।

अवकाश लिएर घर जान ठीक परेका अर्याललाई एकाएक मुख्य सचिव नियुक्त गर्दा प्रशासनवृत्त चकित परेको थियो । प्रधानमन्त्री कार्यालयमा थन्काइएका अर्याललाई चक दिने गरी मुख्यसचिव नियुक्ति गरियो । समयावधि बाँकी छँदै तत्कालीन मुख्य सचिव शंकरदास वैरागीलाई मन्त्रीस्तरीय सुविधासहित राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर अर्याललाई मुख्य सचिव बनाउनकै लागि यो अर्को ‘ग्राण्ड डिजाइन’ रचिएको थियो ।

बिज्ञापन

मुख्य सचिवको नियुक्तिमा धेरैजसो दलीय प्रभाव रहने गरेको छ । खासगरी ०४७ पछि मुख्य सचिवको नियुक्तिमा दलीय पक्षधरता हाबी भएको देखिन्छ । बलरामसिं मल्ल र लोकमान सिंह कार्कीदेखि लीलामणि पौड्याल पनि यही सूचीमा पर्छन् ।

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाएर बेलायतको राजदूत बनाएर पठाइएको थियो । फेरि पनि उनलाई राजदूत बनाउने तयारी भइरहेको छ । यस्तै माधव घिमिरे,तत्कालीन मुख्य सचिव बलराम सिंह मल्लले आफ्नो कार्यकाल बाँकी छँदै सचिवबाट अवकाश हुनै लागेका तीर्थमान शाक्यलाई मुख्य सचिव बनाउने उद्देश्यले राजीनामा दिएर बाटो खुलाएका थिए । त्यति गरेबापत पछि मल्ल जर्मनीको राजदूत उपहार दिइयो । यस्तै भोजराज घिमिरेले आफू बहालमा रहेकै बेला राजदूताबास नै नरहेको क्यानडामा आफूलाई राजदूत नियुक्ति गराई पद छोडे ।

यस्तै, मुख्य सचिवमा आफ्नो कार्यकाल झण्डै ८ महिना बाँकी छँदै सोमलाल सुवेदीले एसियाली विकास बैंकको निर्देशक पदमा नियुक्ति लिएर मुख्य सचिवमा लोकदर्शन रेग्मीको नियुक्तिको वातावरण बनाइदिए ।

मुख्य सचिवको नियुक्ति निजामती सेवा ऐन, २०४९ अनुसार हुने व्यवस्था छ । ऐनअनुसार मुख्य सचिव पदमा बढुवा गर्दा नेपाल सरकारले बहालवाला सचिवहरूमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा छनौट गरी बढुवा गर्ने र नियुक्ति दिने व्यवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३२ जना शाखा अधिकृतको सरुवा

इन्जिनियरहरूको सरुवा

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

स्वास्थ्यमा २१ सय दरबन्दी थप्ने तयारी,कुन तहमा कति थपिन्छन् ?

एमालेले कर्मचारी,काँग्रेसले सभापति जोगाउन खोज्दा …

घुम्ती कोषको २० करोड गायब

कर्मचारीले हस्ताक्षर गर्न नमान्दा प्रतिवेदन प्रमाणीकरणमा ढिलाइ

बिशेष