प्रमुख प्रशासकीय अधिकृत सरुवा नगर्न सर्वोच्चको आदेश

सर्वाेच्च अदालतले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा नगर्न अल्पकालीन आदेश दिएको छ ।

बिज्ञापन

जिम्मेवारी सम्हालेको ३ महिना नपुग्दै कानुन विपरीत मापदण्ड मिचेर उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानेर त्यहाँ शिक्षाका नवौं तहका कर्मचारीलाई चेत कुमार पोखरेलकानिमित्त दिएर सामान्य प्रशासनले खटाएको थियो । जबकी पोखरेल यस अघि २७ महिना जीतपुर सिमराको प्रशासकीय प्रमुख जिम्मेवारीमा रहँदा पोखरेलले उपमहानगरको सरकारी टिपर प्रयोग गरेर तस्करीको सालको काठ ओसारपसार गरेको मुद्दा विचाराधीन अवस्थामा छ । नगरप्रमुख राजन पौडेलले विवादित व्यक्तिलाई उपमहानगरमा हाजिर नगराउने सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराइसकेका छन् ।

बिज्ञापन

उक्त खटन पटनविरुद्ध प्रमुख प्रशासकीय अधिकृत काफ्लेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध मंगलवार सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधवार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

बिज्ञापन

काफ्ले गत बैशाख २८ गते मात्र त्यहाँ हाजिर हुन पुगेकी थिइन तर मन्त्रालयले गत साउन ३ गते जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई हटाई शिक्षा सेवा अन्तरगत धनुषामा कार्यरत चेत कुमार पोखरेललाई खटाउने निर्णय गरेको थियो ।

१० औं नगर सभाको विषयलाई लिएर असन्तृष्ट बनेको उपमेयर भोला अधिकारी नेतृत्वको जनप्रतिनिधिको टोली काफ्लेको सरुवा गराउन लागेको थियो ।
उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारी सहित एमाले वडाध्यक्षहरूले डेढसाता अघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता (एमाले) लाई भेटेर काफ्लेलाई मन्त्रालय सरुवा गर्दै चेतकुमार पोखरेललाई ल्याउने निर्णय गराउन सफल भएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष