नौकुण्डका अध्यक्ष चार दिनदेखि प्रहरी हिरासतमा

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाको अध्यक्ष चार दिनदेखि प्रहरीको चिसो सिढिमा छन् ।

बिज्ञापन

गत शनिवार राति बूढानीलकण्ठ–१० स्थित एक घरको जुवाखालबाट पक्राउ परेका नौकुण्ड गाउँपालिकाको अध्यक्ष नुर्वु घलेलाई अनुसन्धानका निम्ति उनलाई हिरासतमा राखिएको हो । अध्यक्ष घले शनिबारदेखि प्रहरीको हिरासतमा रहेका छन् ।प्रहरीले  जुवा खालबाट १ लाख ३५ हजार नगद बरामद गरेको जनाएको छ । सोही स्थानबाट प्रहरीले अन्य ९ जनालाई पनि नियन्त्रणमा लिएको थियो । शनिबार राति पक्राउ परेका उनलाई म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।आरोपीहरुलाई प्रहरी वृत्त बौद्धले जुवा मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

नुर्वु यसअघि मानव बेचबिखन आरोपमा पनि पक्राउ परेका थिए । २०८० चैतमा मानव बेचबिखन ब्युरोले उनलाई पक्रेर अनुसन्धान गरेको थियो । एक महिलाले श्रीलंका पुर्याएर घलेले बिक्रीको प्रयास गरेको उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको किटानी जाहेरी परेका नुर्बु घलेलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सफाइ दिएको थियो,गत वैशाख २१ गते । तर १५ दिनपछि उच्च सरकारी वकिलको कार्यालयले उक्त फाइलै फिर्ता पठाइदिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको सफाई दिने निर्णयमा कैफियत भेटेरै उच्च सरकारी वकिलको कार्यालयले यसमा कैफियत भनेको छ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचल्ने भन्दै पठाएको फाइल उच्च सरकारी वकिलको कार्यालयबाट फिर्ता भएको हो ।

बिज्ञापन

पीडितले दिएको निवेदनको आधारमा ९ बर्षपछि २८ चैत्रमा पक्राउ परेका नुर्वुलाई गत वैशाख २१ गते शुक्रवार सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको थियो । नेपाल प्रहरीले लामो अनुसन्धानपश्चात् मुद्दा चलाउनुपर्ने निष्कर्षसहित हिरासतमा रहेका नुर्बुलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्नासाथ प्रहरीलाई जिल्लाराम पार्दै सरकारी वकिलहरूले सफाइ दिने निर्णय गरेको थियो तर उच्च सरकारी वकिलको कार्यालय पाटनले थप अनुसन्धान गर्नुपर्ने विषयहरू भएकाले फाइल फिर्ता पठाइएको छ ।
रसुवाको तत्कालीन यार्सा गाउँ विकास समितिले र हालका नौकुण्ड गाउँपालिकाका नोर्बुले ०७३ सालमा एक युवतीलाई कुबेत पठाइदिने भनी सविन शाह भनिनेसँग मिली भारतको नयाँदिल्ली हुँदै श्रीलंका पुर्‍याएका थिए । त्यहाँ पुर्याएर महिनौंसम्म बन्धक बनाएको आरोप उनीमाथि लागेको थियो । नेपाल आएपछि माइती नेपालको सहयोगमा विनिताले कुबेतमा जागिरका लागि पठाउने भन्दै हण्डर खुवाउने नुर्बु, सविन, भारतीय लक्ष्मी र श्रीलंकन आक्सविरुद्ध मानव बेचबिखन र ओसारपसारमा प्रहरीमा जाहेरी दिइन् । मतियारका रुपमा काम गरेका सविनविरुद्ध यस्ता १७ वटा जाहेरी परेका थिए । पाँच वटामा अनुसन्धान गरी उसलाई ३ वर्ष कैद तोकियो ।

नुर्बुको जाहेरीमा प्रहरीले लामो अनुसन्धान गरी पक्रिएर मुद्दा चलाउनुपर्ने निष्कर्षसहित सरकारी वकिल कार्यालयमा लिएर गयो । तर, जानासाथ सरकारी वकिलहरूले नुर्बु निर्दोष रहेको निष्कर्ष निकाली छाड्ने निर्णय गरिदिएका थिए ।

नुर्बु रसुवाका ठेकेदार नेताका कार्यकर्ता र उनको पेटी ठेकेदार हुन । यस्तै उनी नौकुण्ड गाउँपालिकाका निर्वाचित अध्यक्ष जितेका उनी पटक पटक विवादमा पर्दै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

बिशेष