निर्मल पूर्जाको बचाउमा लाग्दा विवादमा तानिए पर्यटन सचिव

अनेकन बदमासीमा मुछिएका निर्मल पूर्जालाई ‘सुनपानी छर्किएर चोख्याउन’ एकाथरी सांसद,नेता र प्रशासकहरुको चाहना साकार बनाइदिदैंछन् सचिव गणेश पाण्डेले । शंकरदास बैरागी र बैकुण्ठ अर्यालजस्ता अवसरवादी दुई मुख्यसचिवले च्यापेका बागलुङे गणेश पाण्डेले अनेकन बदनामीमा मुछिएका म्याग्दी निर्मल पूर्जालाई जोगाउन अनेकन छलछाम गरिरहेको विवरण फेला पारेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनसचिव गणेशप्रसाद पाण्डेयले मन्त्रिपरिषद्मा लैजानुपर्ने सिफारिस पर्यटन विभागतिर फर्काइदिएका हुन ।

बिज्ञापन

गत जेठ १३ गते सगरमाथा आरोहणको क्रममा आफैंले डोरी काटेर सामाजिक सञ्जाल इन्ट्राग्राममा एउटा भिडियो पोष्ट गरी बाल्कोनी र साउथ समिटबीचको भाग काटिएको र आरोहणमा समस्या भएको अफवाह फैलाए पर्वतारोही पूर्जाले । उनको गतिविधिले नेपालको पर्वतीय पर्यटनलाई बदनाम भएको भन्दै पर्यटन विभाग,पर्वतारोहीहरुले आपत्ति जनाए । लगतै, विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितको नेतृत्वमा एउटा छानबिन समिति बन्यो । उनीसँग दुई पटक स्पष्टीकरण सोध्यो । चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि विभागले प्रहरीको अघि बयान गरायो । अनुसन्धानबाट पूर्जाकै कमजोरी पत्ता लाग्यो ।

बिज्ञापन

र,पर्यटन विभागले आरोही निर्मल पुर्जाको गतिविधिका कारण पर्यटन ऐन ३०३५ को दफा ३८(१) अनुसार पाँच वर्षसम्म नेपाल प्रवेश तथा १० वर्षसम्म नेपालमा पर्वतारोहण गर्न नपाउने गरी कारबाहीको सिफारिस गरेको थियो । विभागले पूर्जासँग लिखित,मौखिक बयान लिएर कारबाही गर्न सिफारिस गरेको थियो । उनीमाथि कारवाहीको सिफारिस हुन लागेको थाहा पाएपछि पर्यटन सचिव पाण्डेले विभागमै अड्काउन लगाएका थिए । विभागले ७ असारमै फाइल मन्त्रालयमा बुझाउने तयारी गरेको भए पनि हप्तौसम्म विभागलाई दबाब दिएर भृकुटीमण्डपमै फाइल अड्काइएको विभाग स्रोतले जनाएको छ ।

दुई साता अघि विभागबाट फाइल मन्त्रालयमा पुग्यो । पुर्जालाई दोषी ठहर गर्दै कारबाही गर्न मन्त्रालयमा सिफारिस गरेको भए पनि मन्त्रिपरिषदमा पठाइनुपर्ने कारवाहीको प्रस्ताव उल्टै भृकुटीमण्डप (पर्यटन विभाग)मा फिर्ता पठाइदिएका छन्,सचिव पाण्डेले । मन्त्रालय स्रोतका अनुसार,सचिव पाण्डेले प्रक्रिया नपुगेको भन्दै अघिल्लो साता फाइल फिर्ता पठाइदिएका हुन । उनले पुन पूर्जासँग वयान लिन,इन्ट्राग्राममा राखेका सामग्रीहरु हटाएका छन् वा छैनन् हेर्न भन्दै कारवाही सिफारिसको पत्र विभागमै फिर्ता पठाइदिएका छन् । सचिव पाण्डे नै पूर्जाको बचाउमा लागेका कारण पूर्जामाथिको कारवाही प्रक्रिया नै प्रभावित हुन पुगेको छ । यस अघि विभागले दुुईपटकसम्म गरेका अनुसन्धान र बयान लिएको थियो ।

बिज्ञापन

फाइल उल्टै विभागमा फिर्ता पठाइएपछि पूर्जामाथि कारवाही हुनेमा आंशका व्यक्त गर्दछन्,विभागका कर्मचारीहरु । पूर्जालाई कारवाही हुनबाट जोगाउनका लागि माओवादी सांसद् सुरेश आलेमगर र कल्पना मियाँदेखि सोमाम लाक्पा शेर्पासम्म लागिपरेका थिए । शेपाले केपी शर्मा ओलीलाई भेटेर खुसामद गरेका थिए । उनीहरुकै इच्छा,चाहना वा दवावमा पाण्डेले मन्त्रिपरिषद्मा पठाउनुपर्ने फाइल उल्टै विभागमा फिर्ता पठाइदिएका हुन । त्यसमाथि एमालेकै सरकार आएका कारण पूर्जालाई खुँदो पल्टिएको छ । यो बिषयमा महानिर्देशक रुद्र पण्डितसँग जिज्ञासा राख्दा प्रक्रिया नपुगेको भन्दै अघिल्लो साता फाइल मन्त्रालयबाट फिर्ता आएको प्रतिक्रिया दिएका छन् भने सचिव पाण्डे सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष