पूर्वमन्त्रीले भने :-‘मैले हिजो मात्रै ५ हजार घुस दिएँ, कसैले पत्याउँछ ?’

पूर्व मन्त्री वीरेन्द्रकुमार महतोले देशमा सरकारी कार्यालयमा घुसबिना कामै नहुने बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले हिजो मात्र आफ्नो छोराको प्रमाणपत्रका लागि पाँच हजार घुस दिनुपरेको बताएका हुन ।

बिज्ञापन

प्रचण्ड सरकारका वनमन्त्री समेत रहेका उनले भने हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। एउटा सानो उदाहरण दिन चाहन्छु । म भूपू मन्त्री । हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ ? ’, उनले भने, ‘ पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट इकुभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’

बिज्ञापन

उनले कर्मचारीले यो मिलेन त्यो मिलेन भनेपछि आफै गएर सबै कागजात पेस गर्दा पनि अधिकृतले कागज नमिलेको भन्ने जवाफ पाएको बताए । मैले ११ बजे पठाएको तीन बजेसम्म गर्दिएनन्, यो मिलेन त्यो मिलेन भन्छन्, हेर्दा सबै कागज मिलेको छ म आफैँ गए एउटा अधिकृतले यो कागज मिलेन भन्छन्, मेरो चिया खाने टाइम भयो भनेर जानुभयो। चार बजेसम्म कुरे आएनन्, त्यो बिचौलियालाई गएर पाँच हजार रुपैयाँ दिए, म बसिरहे, ५ मिनेटमा काम गरेर ल्याए। उनले देशलाई समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउन गरी तलब दिनुपर्ने पनि बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष