मेयरको निर्णयको विरोधमा वडा अध्यक्ष टेबुल कुर्सी बोकेर सडकमा

काठमाडौंका मेयर वालेन साहको निर्णयको विरुद्धमा वडा अध्यक्ष सडकमा आएका छन् ।  न्युरोडमा फुटपाथ विस्तारको निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेका काठमाडौँ महानगरपालिका २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमै टेबलकुर्सी राखेर काम शुरु गरेका छन् ।

बिज्ञापन

धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोमा पाल टाँगी टेबलकुर्सी राखेर उनले त्यहिँबाट वडाको काम गर्न लागेका हुन् । महानगरले फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म सडकबाटै वडा कार्यालय चलाउने एमालेबाट वडाध्यक्ष जितेका उनले बताए ।

बिज्ञापन

न्युरोडमा जन्मिए, हुर्किएका चिनकाजी पञ्चायती व्यवस्था बदल्ने आन्दोलनमा होमिए । ०४५ सालमा नेकपा मालेबाट राजनीति थालेका उनी मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीसँग माले एकीकृत भएसँगै एमाले बने । कलेज पढ्दै गर्दा कामाडौंको जनप्रतिनिधि निर्वाचित भए । पिएल सिंह मेयर हुँदाका कान्छो सदस्य उनले विद्यासुन्दर शाक्य मेयर हुँदा २२ नम्बर वडाको अध्यक्ष चलाए । दुई वर्षदेखि फेरि वडाध्यक्ष रहेका उनी पार्टी जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटी सचिव हुँदै हालै मेयर बालेन साहसँग जुधेका कारण थप चर्चामा छन् ।उनै वडा अध्यक्षले टेबुल र कुर्सी बोकेर सडकबाटै जनताको सेवा दिन थालेसँगै उनी चर्चा र विवादमा छन् ।

सडक विभागको क्षेत्राधिकार मिचेको भन्दै रोकेको काठमाडौं महानगरपालिकास्थित न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्य फेरि सुरू भएको थियो । महानगरले फुटपाथ विस्तारका लागि भत्काएको स्थानमा क्षेत्राधिकार मिचेको भन्दै सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दर्ता गराएको थियो । रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले सहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो । सो सँगै न्यूरोडमा सडक विस्तारको काम अगाडि बढाइएको हो तर महानगरका वडा अध्यक्षहरु नै यसको विपक्षमा उत्रिदै आएका छन् । जसमध्येका एक छन् चिनीकाजी,एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका पूर्वसांसद गणेश दुलाल, नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाका सभापति निलकाजी शाक्य, तरुण दलका पूर्वकेन्द्रीय सदस्य अमृत मानन्धरले ऐक्यवद्धता जनाएका छन् । त्यस्तै, २३ नम्बरका वडाध्यक्ष मचाराजा महर्जन, ३२ का नवराज पराजुली, १८ का न्हुन्छेकाजी महर्जन, २१ नम्बरका उदय चुणामणि बज्राचार्य, वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत एक सय बढीको समर्थन छ ।

बिज्ञापन

उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन अन्तरिम आदेश दिएसँगै महानगरले गत बुधवारदेखि काम शुरु गरेको थियो । तर, फुटपाथ विस्तार गर्दा सडक साँघुरो हुने र न्युरोडको इतिहास मेटिने भन्दै वडाध्यक्ष महर्जनको नेतृत्वमा प्रदर्शन भइरहेको छ । सो क्रममा शुक्रबार स्थानीयहरुले जुद्ध शालिक हुँदै धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोसम्म राति धर्ना बस्न पाल टाँगेका थिए । दिँउसो महानगरको डोजरमाथि चढेका उनीहरु रातभर जाग्राम बसेर सडक खन्न दिएनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि…

अतिरिक्त सचिवको प्रावधानप्रति मुख्यसचिवको असन्तृष्टि

सहायक रथी खड्का सैनिक हिरासतमा

बिशेष