भिजिट भिसाको खेतीपाती रोकिएपछि हाकिम परिवर्तन गर्ने खेलमा विचौलियाहरु

भिजिट भिसाको नाममा खेतीपाती रोकिएपछि विचौलियाहरुको छटपटी बढेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनहुँ बढिरहेको छ । मुलुकमा पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसक्दा लाखौं युवा विदेशिएका हुन् । यो क्रम घट्नुको सट्टा बढ्दो क्रममा रहेको छ । विदेश जानेको संख्या बढेसँगै मानव तस्करी पनि मौलाएको छ । विदेशको सपना देखाएर, प्रलोभनमा पारेर युवायुवतीलाई गैरकानुनी माध्यमबाट विभिन्न मुलुक पठाइने काम रोक्न गृह लगायतका निकायले कडाई गरेपछि विचौलियाहरुको छटपटी बढेको बताइएको छ ।

बिज्ञापन

मानव तस्करीको एउटा गतिलो माध्यम बनेको छ ‘भिजिट भिसा’ । सेटिङ्गमा भिजिट भिसामा सर्वसाधारणलाई विदेश पठाइएको र मानव तस्करी गरेको आरोपमा केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका केही अधिकृत र ट्राभल एजेन्सीका सञ्चालकहरु पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो । यही प्रकरणमा पक्राउ परेकाविरुद्ध अदालतमा मुद्दा चल्यो । पक्राउ परेकामध्ये अधिकांश सात लाख धरौटी बुझाएर छुटेका थिए । यसरी पक्राउ परेकाहरु सेटिङमा छुटेसँगै त्यहाँ रहेका कर्मचारीहरुले यस्तो धन्दा र खेतीपाती फेरि जारी राखेका छन् ।

बिज्ञापन

गृह मन्त्रालयले तयार पारेको ६ बुँदे मापदण्ड लाई लत्याउँदै अध्यागमन कार्यविधि को दफा ३,३ दशमलव १ को गलत व्याख्या गरी यात्रुहरूलाई अनावश्यक हैरानी र दुख दिने र यात्रुहरूले गुनासो यस अघि नै अख्तियार,गृहसम्म पुगेको हो । बुद्ध पूर्णिमाकै राती हिमालयन एयरको उडान नं एच ९७६५ बाट भिजिट भिसामा दुबई जान लागेको केही यात्रुलाई एयरपोर्ट अध्यागमनका एक अधिकृतले यात्रुहरूलाई आवश्यक पर्ने सम्पुर्ण मापदण्ड पूरा गर्दा पनि ३ घण्टासम्म कुराएको तर भित्र कर्मचारी मिलाएका २०० यात्रुलाई सेटिङमा प्रस्थान अनुमती दिएको तर गुनासो तथा उजुरी अख्तियार र गृहमा पुगेर सो उपर अनुसन्धान चलिरहेको छ ।

उता सात बर्षदेखि गृहमै करार सेवामा कार्यरत रहेका एक कम्युटर अपरेटर फन्दामा परे । गृहको कम्युटर अपरेटरका रुपमा कार्यरत निर्मल विष्टलाई पक्राउ गरेसँगै यो प्रकरणको नयाँ नयाँ रहष्य खुलिरहेको अनुसन्धान अधिकारीहरुले जनाएका छन् । विष्टले गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसा धन्दा चलाइरहेको भेटिएपछि उनी प्रहरीको फन्दामा परेका हुन ।

बिज्ञापन

उनले असार २१ मा थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए । गृहमन्त्री र सचिवको नाम बेचेर अनुचित दबाब दिँदै आएका कर्मचारीको बिषयमा थप बुझ्दा उनको कर्तुत सार्वजनिक भएसँगै विष्टलाई पक्राउ गरी गृह सचिव एकनारायण अर्यालले पदबाटै हटाएका छन् । गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाएसँगै जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई मन्त्रालयबाटै पक्राउ गरिएको हो ।

यो प्रकरणमा विष्ट पक्राउ परेसँगै अध्यागमनका केही अधिकृतका नाम उनले पोलेका बताइएको छ । त्यहाँका केही कर्मचारीहरुले बाहिर विचौलियासँग मिलेर यो धन्दा जारी राखेको र भागबण्डा नमिलेपछि एकले अर्काेलाई पोल्ने काम चलिरहेको गृह मन्त्रालयले स्रोतको दावी छ । विचौलियासँग मिलेर यस्तो धन्दा चलाउँदै आएका अध्यागमनकै कर्मचारीको एउटा समूहले अर्काे समूहलाई बाढीचूढी गर्नुपर्ने रकम भागबण्डा नगरेपछि उनीहरुबीचको विवाद चर्किएको अध्यागमन स्रोतले जनाएको छ । भिजिट भिसाको नाममा बदमासी चलिरहेको थाहा पाएपछि यस्लाई कडाई गरेका छन् । यस्कै उपज हो निर्मल विष्ट पक्राउ र निलम्बन प्रकरण ।

आफ्नो खेतीपाती धन्दा सुकेपछि विचौलिया र अध्यागमनकै केही कर्मचारी अध्यागमनका महानिर्देशक कोषहरि निरौला र एयरपोर्टका हाकिम सुरेश पन्थीकै सरुवा गराउने खेलोमा लागेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केरूङबाट काठमाडौं आउँदै गरेको गाडी पछाडि स्याउ, अगाडि सुन

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने

मूलखर्कमा ढलानको नाममा खेलवाड : ठेकेदार र कर्मचारीको सेटिङमा गुणस्तरहीन काम

समितिबाट पारित निजामती विद्येयकप्रति अनङ्कित कर्मचारीको असन्तृष्टि, सामूहिक विदा लिएर आन्दोलन गर्ने तयारी

कावासोती मालपोत कार्यालयमा बिचौलियाको “राज”: सेवाग्राही हैरान

अर्थमा उच्च तहमा १२० दरबन्दी थप,तल्ला तहका दरबन्दी व्यापक कटौती

स्याउ बोकेको ट्रकमा तस्करीको सुन भेटियो

सशस्त्रका डीएसपी राउत तानिए

बिशेष