प्रधानमन्त्रीले सचिवहरूलाई भने-निर्णय गर्न नडराउनू

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई देशको परस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरुलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए ।

बिज्ञापन

सरकारको कामबाट जनता सन्तुष्ट हुन नसकेको भन्दै उनले जनताका समस्या बुझेर कार्यशैलीमा सुधार गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । कार्यक्रममा उनले केही सचिवहरुबाट ब्रिफिङ समेत लिएका थिए । विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रीत भएर काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ । साथै, विकासको गतिलाई अघि बढाउने आफ्नो उदेश्य रहेको भन्दै त्यही गतिअनुसार काम गर्नुपर्ने उनको भनाई छ ।

बिज्ञापन

अधिकांश सचिवहरूलाई सधैं मिटिङमात्रै गर्ने तर उपलब्धिमूलक काम गर्न नसक्ने आरोप लाग्दै आइरहेको छ । छाप छोड्ने र सुकीर्ति फैलने गरी काम गर्ने सचिवहरू औंलामा गन्न सक्ने मात्रै छन् । सो तथ्यलाई राम्ररी बु्झ्नुभएका प्रधानमन्त्री ओलीले सचिवहरूलाई मुलुकमा समृद्धि कायम हुने गरी र जनतामा छाप छोड्ने र आफ्नो सुकीर्ति फैलने गरी काममा खट्न आग्रह गरे । उनले उच्च मनोबलका साथ दिगो विकास कायम गर्ने र जनतामा आशा जगाउने गरी उच्च मनोबलका साथ कार्यथलोमा खट्न सचिवहरूलाई निर्देशन दिए ।

सरकारलाई सफल बनाउने जिम्मेवारी कर्मचारीको पनि हुने भन्दै प्रधानमन्त्रीले बजेट पुगेन भनिरहने र विनियोजित बजेट पनि खर्च नहुने अवस्था हटाउने गरी काम गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले असल नियतका साथ निर्णय गर्न नडराउन आग्रह गर्दै कर्मचारीलाई दुःख दिने नियतका साथ अनुगमनकारी निकायले पनि गतिविधि गर्न नहुने बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष