नवनियुक्त मन्त्रीको उधारो आवश्वासन पछि कृषिका कर्मचारीको धर्ना स्थगित

संघ सरकारमा समायोजन भएर पुल दरबन्दीमा रहेका नेपाल कृषि सेवातर्फका कर्मचारी आन्दोलन १६ दिन पछि स्थगित भएको छ । विगत ६ वर्षदेखि वृत्ति विकास रोकिएको भन्दै १६ असारदेखि कृषि मन्त्रालयमा आन्दोलन गर्दे आएका कृषिका कर्मचारीहरुलाई नवनियुक्त मन्त्रीले १५ दिनभित्र समस्या सामाधान गर्ने आश्वासन दिएसँगै आन्दोलन स्थगित गरेका हुन ।

बिज्ञापन

संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था माग गर्दै उनीहरु १६ असारदेखि आन्दोलनरत थिए ।समायोजनका क्रममा उनीहरूको फाजिल दरबन्दी भनेर कायम गरिएको थियो। संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका थप समायोजन भएको जनशक्ती रहेको ३२८ जनासमेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने, न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने, कृषि सेवाको कृषितर्फका समूहको हकमा सम्मानित सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ती गर्न भएको परमादेश कार्यान्वयन हुनुपर्ने माग राखेर उनीहरु १६ दिनदेखि मन्त्रालयमा आन्दोलन तथा धर्ना दिइरहेका थिए ।

बिज्ञापन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलनका कारण नवनियुक्त मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण समेत समयमा गर्न पाएका थिएनन् । कर्मचारीहरु घर हिडेपछि मात्र मन्त्रीले पदभार ग्रहण गरेका थिए ।

अस्ति ३१ असारमा पदभार ग्रहण गरेका मन्त्री अधिकारीले दोश्रो दिन ती कर्मचारीहरुलाई १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

स्वास्थ्यमा २१ सय दरबन्दी थप्ने तयारी,कुन तहमा कति थपिन्छन् ?

एमालेले कर्मचारी,काँग्रेसले सभापति जोगाउन खोज्दा …

घुम्ती कोषको २० करोड गायब

कर्मचारीले हस्ताक्षर गर्न नमान्दा प्रतिवेदन प्रमाणीकरणमा ढिलाइ

‘कुलिङ अफ पिरियड’ गडबडी : मुख्य दोषी उम्काउँदै समिति

व्यक्ति होइन, प्रणाली सुधारले मात्र सुशासन सम्भव : अध्यागमन प्रमुख तिवारी

व्यवसायीहरुलाई एमआरपी भएका सामान मात्र विक्री गर्न सुझाव 

बिशेष