अनेकन काण्डमा मुछिएका निर्मल पूर्जालाई पर्यटन सचिवको विशेष सद्भाव

अनेकन बदमासीमा मुछिएका निर्मल पूर्जालाई ‘सुनपानी छर्किएर चोख्याउन’ एकाथरी सांसद,नेता र प्रशासकहरुको चाहना साकार बनाइदिदैंछन् सचिव गणेश पाण्डेले । शंकरदास बैरागी र बैकुण्ठ अर्यालजस्ता अवसरवादी दुई मुख्यसचिवले च्यापेका बागलुङे गणेश पाण्डेले अनेकन बदनामीमा मुछिएका म्याग्दी निर्मल पूर्जालाई जोगाउन अनेकन छलछाम गरिरहेको भेटिएको छ ।
गत जेठ १३ गते सगरमाथा आरोहणको क्रममा आफैंले डोरी काटेर सामाजिक सञ्जाल इन्ट्राग्राममा एउटा भिडियो पोष्ट गरी बाल्कोनी र साउथ समिटबीचको भाग काटिएको र आरोहणमा समस्या भएको अफवाह फैलाए पर्वतारोही पूर्जाले । उनको गतिविधिले नेपालको पर्वतीय पर्यटनलाई बदनाम भएको भन्दै पर्यटन विभाग,पर्वतारोहीहरुले आपत्ति जनाए । लगतै, विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितको नेतृत्वमा एउटा छानबिन समिति बन्यो । उनीसँग दुई पटक स्पष्टीकरण सोध्यो । चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि विभागले प्रहरीको अघि बयान गरायो । अनुसन्धानबाट पूर्जाकै कमजोरी पत्ता लाग्यो ।

बिज्ञापन

र,पर्यटन विभागले आरोही निर्मल पुर्जाको गतिविधिका कारण पर्यटन ऐन ३०३५ को दफा ३८(१) अनुसार पाँच वर्षसम्म नेपाल प्रवेश तथा १० वर्षसम्म नेपालमा पर्वतारोहण गर्न नपाउने गरी कारबाहीको सिफारिस गरेको थियो । विभागले पूर्जासँग लिखित,मौखिक बयान लिएर कारबाही गर्न सिफारिस गरेको थियो । उनीमाथि कारवाहीको सिफारिस हुन लागेको थाहा पाएपछि पर्यटन सचिव पाण्डेले विभागमै अड्काउन लगाएका थिए । विभागले ७ असारमै फाइल मन्त्रालयमा बुझाउने तयारी गरेको भए पनि हप्तौसम्म विभागलाई दबाब दिएर भृकुटीमण्डपमै फाइल अड्काइएको विभाग स्रोतले जनाएको छ ।

बिज्ञापन

दुई साता अघि विभागबाट फाइल मन्त्रालयमा पुग्यो । पुर्जालाई दोषी ठहर गर्दै कारबाही गर्न मन्त्रालयमा सिफारिस गरेको भए पनि मन्त्रिपरिषदमा पठाइनुपर्ने कारवाहीको प्रस्ताव उल्टै भृकुटीमण्डप (पर्यटन विभाग)मा फिर्ता पठाइदिएका छन्,सचिव पाण्डेले । मन्त्रालय स्रोतका अनुसार,सचिव पाण्डेले प्रक्रिया नपुगेको भन्दै अघिल्लो साता फाइल फिर्ता पठाइदिएका हुन । उनले पुन पूर्जासँग वयान लिन,इन्ट्राग्राममा राखेका सामग्रीहरु हटाएका छन् वा छैनन् हेर्न भन्दै कारवाही सिफारिसको पत्र विभागमै फिर्ता पठाइदिएका छन् । सचिव पाण्डे नै पूर्जाको बचाउमा लागेका कारण पूर्जामाथिको कारवाही प्रक्रिया नै प्रभावित हुन पुगेको छ । यस अघि विभागले दुुईपटकसम्म गरेका अनुसन्धान र बयान लिएको थियो ।

फाइल उल्टै विभागमा फिर्ता पठाइएपछि पूर्जामाथि कारवाही हुनेमा आंशका व्यक्त गर्दछन्,विभागका कर्मचारीहरु । पूर्जालाई कारवाही हुनबाट जोगाउनका लागि माओवादी सांसद् सुरेश आलेमगर र कल्पना मियाँदेखि सोमाम लाक्पा शेर्पासम्म लागिपरेका थिए । शेपाले केपी शर्मा ओलीलाई भेटेर खुसामद गरेका थिए । उनीहरुकै इच्छा,चाहना वा दवावमा पाण्डेले मन्त्रिपरिषद्मा पठाउनुपर्ने फाइल उल्टै विभागमा फिर्ता पठाइदिएका हुन । त्यसमाथि एमालेकै सरकार आएका कारण पूर्जालाई खुँदो पल्टिएको छ । यो बिषयमा महानिर्देशक रुद्र पण्डितसँग जिज्ञासा राख्दा प्रक्रिया नपुगेको भन्दै अघिल्लो साता फाइल मन्त्रालयबाट फिर्ता आएको प्रतिक्रिया दिएका छन् भने सचिव पाण्डे सम्पर्कमा आउन चाहेनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष