यी हुन यही आर्थिक बर्षमा अवकाश हुने १५ सचिवहरु

चालु आर्थिक बर्षमा एकै पटक १५ सचिवहरु अवकाशमा जाने भएका छन् । निजामती किताबखानाका अनुसार अनुसार, पाँच बर्ष सेवा हद र ५८ बर्ष उमेर हद लागेर १५ सचिवहरु घर जाने भएका हुन । अनिवार्य अवकाश पाउनेको सूचीमा १६ जना भए पनि एक सचिवले अनिवार्य अवकाशमा जानु चार महिना अगाडि नै राजीनामा दिएका कारण १५ सचिवहरुले यही आर्थिक बर्षमा अनिवार्य अवकाश पाउन लागेका हुन । अनिवार्य अवकाश पाउनेको सूचीमा नक्कली भुटानी शरणार्थी प्रकरण लागेर जेलमा पुगेका टेकनारायण पाण्डे समेत रहेका छन् ।

बिज्ञापन

किताबखानाबाट प्राप्त विवरण अनुसार,यही चालु आर्थिक बर्षमा कायम मुकायम मुख्यसचिवसहित महत्वपूर्ण मानिएका गृह,अर्थ,सञ्चार,शहरी,स्वास्थ्य लगायतका मन्त्रालयमा कार्यरत सचिवहरु अनिवार्य अवकाशमा जान लागेका हुन ।

बिज्ञापन

किताबखानाको विवरण अनुसार, भदौंमहिनामा मात्र कामु मुख्य सचिव लीलादेवी गड्तौला अवकाश पाउनेको सूचीमा छिन् । किताबखानाका अनुसार भदौं १५ गते ५८ वर्ष उमेर हद लागेर उनी घर जानेछिन् । उनी ०७७ कात्तिक २७ गते कानुन समूहबाट सचिवमा बढुवा भएकी हुन् । यस्तै निजामती सेवा दिवसकै दिन राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली अवकाशमा जाँदैछन् ।

हाल सञ्चार मन्त्रालयमा रहेका सचिव रामकृष्ण सुवेदी कात्तिक ५,सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल मंसिर १३ गते ५८ वर्षे उमेर हद लागेर घर फर्किनेछन् ।

बिज्ञापन

यस्तै उमेर हद लागेर आगामी मंसिर २८ मा घर जाने सूचीमा रहेका नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारी अवकाशको चार महिना अगाडि नै राजीनामा दिएका छन् । यस्तै माघ २९ गते महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई ५ वर्षे सेवा अवधि लागेर घर जाने निजामती किताबखानाले जनाएको छ ।

फागुन १२ गते स्वास्थ्य सचिव डा रोशन पोखरेल,फागुन १६ मा अर्थ सचिव मधुकुमार मरासिनी,फागुन १८ गते गृहसचिव एकनारायण अर्याल फागुन १८ गते घर जानेमा पर्छन् । यस्तै राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल ०८२ वैशाख २ गते अवकाश पाउनेको सूचीमा छन् । यस्तै सोही महिनाको २५ गते महालेखा नियन्त्रक रहेका विनोद प्रकाश सिंह ५८ वर्षे उमेर हद लागेर घर जाँदैछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे वैशाख ३० गते घर जानेमा पर्छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा ०८२ जेठ २८ गते, व्यवस्थापिका संसद् सचिवालयका सचिव सुदर्शन खड्का ०८२ साल जेठ ३० गते अवकाश हुँदैछन् । यस्तै ०८२ असार ६ गते वामदेव अधिकारीले जागिरबाट घर जाने भएका छन् ।
अवकाशको सूची अनुसार भदौमा २,कार्तिकमा १,मंसिरमा १,माघमा १ सचिवले अनिवार्य अवकाशमा जाँदा फागुनमा ४,वैशाखमा ३,जेठमा १ र असारमा १ जना गरी १६ जना सचिवहरु अवकाशमा जान लागेका हुन ।अनिवार्य अवकाश पाउनेको सूचीमा १६ जना भए पनि एक सचिवले अनिवार्य अवकाशमा जानु चार महिना अगाडि नै राजीनामा दिएका कारण १५ सचिवहरुले यही आर्थिक बर्षमा अनिवार्य अवकाश पाउन लागेका हुन । अनिवार्य अवकाश पाउनेको सूचीमा नक्कली भुटानी शरणार्थी प्रकरण लागेर जेलमा पुगेका टेकनारायण पाण्डे समेत रहेका छन् ।

किताबखानाका अनुसार चालु आर्थिक बर्ष विशिष्ठ श्रेणीका यी १५ कर्मचारीसहित २ हजार भन्दा बढी कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । अनिवार्य अवकाशमा जानेहरुको सूची किताबखानाले दुई चार दिनमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष