सामान्य प्रशासनमन्त्रीको सामु चुनौतीका चाङ

केपी शर्मा ओलीका मन्त्रिमण्डलमा सामान्य प्रशासन मन्त्री बनेका छन्,पर्साका एमाले सांसद राजकुमार गुप्ता । पर्साको तत्कालीन भौराटार ६ मा २०२७ चैत २० जन्मिएका गुप्ता वाणिज्यशास्त्रमा स्नातकसम्म अध्ययन पूरा गरेका छन् ।

बिज्ञापन

२०४२ देखि अखिलबाट राजनीति सुरू गरेका उनी ०५१ मा युवा संघको विभिन्न पदमा काम गरेका थिए । एमालेको जिल्ला सदस्य हुँदै उनी वि.स. २०६६ मा पर्सा क्षेत्र नम्बर ३ को अध्यक्ष बने । लोकतान्त्रिक मधेसी संगठनको केन्द्रीय महासचिव हुँदै चितवनको सौराहामा सम्पन्न १० औं महाधिवेशन केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

बिज्ञापन

संसदीय राजनीतिमा दोस्रो पटकको पालमा उनी मन्त्री बनेका हुन् । यस अघि दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

मन्त्री गुप्ताका अगाडि चुनौतिका चाङ छन् । विशेषगरी संघीय निजामती सेवा ऐन ल्याउनु सबैभन्दा ठूलो चुनौति छ । मुलुक संघीयतामा गएसँगै प्रशासनिक संघीयतामा जान सकेको छैन ।

बिज्ञापन

यो ऐन ल्याउनु नै मन्त्रीको अगाडि सबैभन्दा ठूलो चुनौति देखिन्छ । यस्तै प्रमुख प्रशासकीय अधिकृतको खटन पटनको बिषयमा लफडा छ । कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनेको छ,भानुभक्त जोशीकै समयमा । उक्त मापदण्ड कार्यन्वयन गर्नु पनि उनका अगाडि चुनौति छ । विशेषगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारीकै सरुवा÷बढुवामा अल्मलिने गरेको छ ।

मन्त्रालयमा दैनिकजसो कर्मचारीको सरुवा गर्दै आएको छ । सरुवामा राजनीतिक हस्तक्षेप रोकिएको छैन । यस्का अलवा मन्त्री परिवर्तन भएसँगै आन्तरिक सरुवाको लहर चल्छ । अहिले संघीय मामिला तथा सामान्य प्रशासनको अहिले सबैजसो महाशाखाको प्रमुखहरु समाजवादी केन्द्रका कर्मचारीहरु रहेका छन । एमालेका मन्त्री आएसँगै ती महाशाखा प्रमुख सरुवामा पर्नेछन् । कर्मचारी सरुवा व्यवस्थित ढंगले गर्नु,संघीय निजामती सेवा ल्याउने,स्थानीय तहको कर्मचारी सरुवामा देखिएको झण्झट हटाउनु,प्रमुख प्रशासकीय अधिकृतको सरुवा पारदर्शी ढंगले गर्नु लगायतका चुनौति छन्,मन्त्रीका अगाडि ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

बिशेष