एमालेबाट यी ८ जनाले लिँदैछन् शपथ,सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता

नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् ।

बिज्ञापन

यस्तै गरी पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ । त्यस्तै देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछन् । त्यसैगरी बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन् । यस्तै एमालेबाट राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् । उनी सामान्य प्रशासनमन्त्री बन्न लागेका छन् । गुप्ता पर्सा ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन । विकमसम्म अध्ययन पूरा गरेका उनले २०४२ देखि अखिलबाट राजनीति सुरू गरेका हुन । २०५१ मा युवा संघको विभिन्न पदमा काम गरेका थिए । एमालेको जिल्ला सदस्य हुँदै उनी ०६६ मा पर्सा क्षेत्र नं ३ को अध्यक्ष बनेका उनी लोकतान्त्रिक मधेसी संगठनको केन्द्रीय महासचिव हुँदै चितवनको सौराहामा सम्पन्न १० औं महाधिवेशन केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

बिज्ञापन

यस अघि २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्रीको शपथ बिहान ११ बजे तय भएको छ। त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ हुने भएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष