प्रधानमन्त्री ओलीले आज शपथ लिँदै,सानो आकारको मन्त्रिपरिषद् आजै गठन

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति निवास शीतल निवासमा बिहान ११ बजे आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले शपथ लिने भएका हुन् ।

बिज्ञापन

बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरेका हुन् ।

बिज्ञापन

एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउनेछन । यस्तै एमालेबाट पद्यम गिरी,योगेश भट्टराई, जुलीकुमारी महतो,दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने स्रोतको दाबी छ ।  नेकपा एमालेले ८ वटा मन्त्रालय पाएको छ । काँग्रेसले गृहसहित ९ मन्त्रालय पाउने टुंगो लागेको छ ।

एमालेको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री बन्दैछन्,विष्णु पौडेल । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङको चर्चा छ । एमालेका नेताहरुका अनुसार,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद्य गिरी वा योगेश भट्टराईमध्ये एकलाई जिम्मेवारी दिइने छ । शिक्षा मन्त्रालयमा विद्या भट्टराईको नाम चर्चामा छन् । यस्तै प्रचण्ड प्रधानमन्त्री हुँदा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय चलाएका दामोदर भण्डारी वा तारा लामा तामाङलाई जिम्मेवारी दिने बताइएको छ । यस्तै छविलाल विश्वकर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउन सक्ने नेताहरुले बताएका छन् । यस्तै जुली महतो र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बन्ने चर्चामा छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एमालेकै भागमा परेका कारण केही हेरफेर हुनसक्ने बताइएको छ ।

बिज्ञापन

यता,नेपाली कांग्रेसबाट प्रकाशनमानसिंहको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । आरजु राणालाई परराष्ट्र,रमेश लेखकलाई गृह मन्त्रालय दिइने काँग्रेसी वृत्तमा चर्चा छ । यस्तै, हृदयराम थानी, रामनाथ अधिकारी, प्रदीप पौडेल र तेजुलाल चौधरी काँग्रेसबाट मन्त्री बन्दैछन् ।कांग्रेसको भागमा परेको गृह मन्त्रालयको नेतृत्व रमेश लेखक,रक्षा मन्त्रालयको जिम्मेवारी प्रकाशनमान सिंह,परराष्ट्र मन्त्रालयमा आरजु राणा,ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय दीपक खड्का,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तेजुलाल चौधरीले मन्त्रीको जिम्मेवारी पाउने बताइएको छ । काँग्रेसको संस्थापनइतर पक्षले प्रदीप पौडेल,रामनाथ अधिकारी, तेजुलाल चौधरी, र हृदयराम थानीको नाम सिफारिस सिफारिस गरेको छ । उक्त पार्टीले संष्कृति,पर्यटन तथा नागरिक उड्डयन र कानुन मन्त्रालयको जिम्मेवारी पाउने मोटामोटी सहमति भएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।