काँग्रेसले विकासे मन्त्रालय रोजेपछि सामान्य प्रशासन एमालेको भागमा,को बन्छन मन्त्री ?

एमाले र काँग्रेसबीच मन्त्रालयको भागबण्डा टुंगो लगाउदा केही हेरफेर भएको छ । शुरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काँग्रेसले पाउने बताइएको छ । काँग्रेसबाट सरकारको नेतृत्व गर्न लागेका प्रकाशमान सिंहलाई उपप्रधानसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिने चर्चा गरिएको थियो तर सिंहले विकासे मन्त्रालय खोज्नु,सरकारमा साना दलहरुलाई पनि सामेल गराउन खोज्दा केही मन्त्रालयको नेतृत्व फेरबदल भएको छ ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपा एमालेले ८ वटा मन्त्रालय पाएको छ । काँग्रेसले गृहसहित ९ मन्त्रालय पाउने टुंगो लागेको छ । एमालेको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री बन्दैछन्,विष्णु पौडेल । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङको चर्चा छ । एमालेका नेताहरुका अनुसार,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद्य गिरी वा योगेश भट्टराईमध्ये एकलाई जिम्मेवारी दिइने छ । शिक्षा मन्त्रालयमा विद्या भट्टराईको नाम चर्चामा छन् । यस्तै प्रचण्ड प्रधानमन्त्री हुँदा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय चलाएका दामोदर भण्डारी वा तारा लामा तामाङलाई जिम्मेवारी दिने बताइएको छ । यस्तै छविलाल विश्वकर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउन सक्ने नेताहरुले बताएका छन् । यस्तै जुली महतो र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बन्ने चर्चामा छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एमालेकै भागमा परेका कारण केही हेरफेर हुनसक्ने बताइएको छ ।

बिज्ञापन

उता कांग्रेसको भागमा परेको गृह मन्त्रालयको नेतृत्व रमेश लेखक,रक्षा मन्त्रालयको जिम्मेवारी प्रकाशनमान सिंह,परराष्ट्र मन्त्रालयमा आरजु राणा,ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय दीपक खड्का,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तेजुलाल चौधरीले मन्त्रीको जिम्मेवारी पाउने बताइएको छ । काँग्रेसको संस्थापनइतर पक्षले प्रदीप पौडेल,रामनाथ अधिकारी, तेजुलाल चौधरी, र हृदयराम थानीको नाम सिफारिस सिफारिस गरेको छ । उक्त पार्टीले संष्कृति,पर्यटन तथा नागरिक उड्डयन र कानुन मन्त्रालयको जिम्मेवारी पाउने मोटामोटी सहमति भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष