ओलीको क्याविनेटमा को- को बन्दैछन् मन्त्री ?

एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदैछन् । नयाँ प्रधानमन्त्रीमा दाबी गरेका एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गर्न लागेका हुन् । नयाँ सरकारको लागि दाबी पेश गर्न गरिएको शीतल निवासको आव्हान आज (आइतबार) साँझ ५ बजेसम्मै भएकाले शपथ ग्रहण भोलिलाई तय भएको जनाइएको छ । ओली आज देशको ४५ औं प्रधानमन्त्री बन्ने र भोलि (सोमबार) बिहान ११ बजे सपथ लिने कार्यक्रम तय गरिएको छ । पद तथा गोपनीयताको शपथ भने भोलि सोमबार हुनेछ ।
केपी शर्मा ओलीले भोलि नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । एमाले र काँग्रेसबीच भएको सहमति अनुसार २० सिटको भागबण्डा टुंग्याइदैछ । काँग्रेसले गृहले ९, एमालेले अर्थसहित ८ मन्त्रालय र बाँकी साना दलहरुका लागि दिइने तयारी चल्दैछ ।
काँग्रेस र एमालेबीच भएको सहमति अनुसार एमालेले अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग मन्त्रालय लिनेछ भने नेपाली कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिनेछ।

बिज्ञापन

नेपाली कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने देउवाको तयारी छ। उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।अहिलेसम्म सिंहको नेतृत्वमा सरकारमा जाने कांग्रेसको तयारी छ । यस्तै रमेश लेखकले गृह र आरजु राणाले परराष्ट्र मन्त्रालयको नेतृत्व गर्ने लगभग टुंगो लागेको कांग्रेस स्रोतले दाबी गर्यो । देउवा पत्नी आरजु पहिलोपटक मन्त्री बन्न लागेकी हुन् ।
यस्तै काँग्रेसबाट मन्त्री बन्ने चर्चामा रहेकाहरुमा दीपक खडका,अजयकुमार चौरसिया, तेजुलाल चौधरी, प्रदीप पौडेल,चन्द्र भण्डारी र हृदयराम थानी मन्त्रीका दाबेदार छन् ।

बिज्ञापन

एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थको जिम्मेवारी दिएर उपाध्यक्ष विष्णु पौडेललाई सामेल गर्ने ओलीको तयारी छ। त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा योगेश भट्टराई वा पदम गिरीमध्ये एकलाई पठाउने ओलीको तयारी भएको एमालेका नेताहरूले बताएका छन्। पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मन्त्री बन्ने चर्चामा छन् । प्रचण्डका क्याविनेटमा काम गरेका मन्त्रीमध्ये केहीलाई दोहोर्याइने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष