चानचुने हो :- गृहको करार सेवाको कर्मचारी पो

टुप्पी कसेर पढेर,लोकसेवा भीडेर स्थायी नियुक्ती खाएका कर्मचारीहरु ‘जोकरफाल्तु’हुने,हाकिमका सालो,नातेदार,गर्लफ्रेण्ड भएकै आधारमा करारमा नियुक्त भएका कर्मचारीको उल्टै हैकम चल्ने ।

बिज्ञापन

यस्तै स्थिति दूरदराजका स्थानीय तहमा होइन सिंहदरबारभित्रै देखिन्छ । यस्तै रबैया देखाउने करारका एक कर्मचारीको बदमासी र धन्दा  सार्वजनिक भएसँगै गृहले उनलाई सेवाबाटै हटाएको छ । भिजिट भिसाको धन्दा गृहका केही कर्मचारीहरुका लागि उठाउने राम्रो खेतीपाती थियो । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा यो प्रकरणमा जोडिएका कर्मचारी,विचौलियाहरु उपर छानबिन चल्यो । सात जना कर्मचारीहरु अदालतमा जनही सात लाख धरौटी बुझाएर अहिले काममा फर्किसकेका छन् । यो धन्दा रोक्न गृहले अनेक मापदण्ड बनायो तर बदमासी गरेर खानेलाई मापदण्डले कहाँ छेक्छ र ?

बिज्ञापन

गृहमा बसेर भिजिट भिसाको धन्दा चलाउँदै आएका एक करारका कर्मचारी प्रहरीको फन्दामा परेका छन् । ६ बर्षदेखि गृहको कम्युटर अपरेटरका रुपमा कार्यरत थिए निर्मल विष्ट । लामो समय उनी गृहको जिन्सी शाखामा कार्यरत थिए । रमाइलो चाहिँ करारको कर्मचारीको पनि सरुवा हुन्छ । उनी गृहको जिन्सी शाखाबाट सरुवा भएर पुगेका थिए गृह मातहतकै लागू औषध शाखामा । उनै विष्टले गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसा धन्दा चलाइरहेको भेटिएपछि उनी प्रहरीको फन्दामा परे,हिजो । मानव बेचबिखनको आरोपमा भिजिट भिसामा विदेश दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका हुन ।

उनले असार २१ मा थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए । गृहमन्त्री र सचिवको नाम बेचेर अनुचित दबाब दिँदै आएका कर्मचारीको बिषयमा थप बुझ्दा उनको कर्तुत सार्वजनिक भएसँगै विष्ट पक्राउ परेका हुन । विष्टलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो। ०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा कार्यरत विष्ट मंगलबार सेवाबाट हटाइका छन् । गृहसचिव अर्यालले असार २५ गतेबाट विष्टलाई सेवाबाट हटाएका हुन । । जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई मन्त्रालयबाटै पक्राउ गरिएको हो ।

बिज्ञापन

उसो त गृह मन्त्रालयमा मात्र ७ जना कम्युटर अपरेटरहरु करार सेवाकै कर्मचारी राखिएको छ । त्यहाँको कर्मचारी प्रशासन फाँटमा हर्ताकर्ता समेत कर्मचारीलाई हर्ताकर्ता बनाएर राखिएको छ । पूर्व कृषि सचिव निकटको एक महिला कर्मचारी कृषिको हर्ताकर्ता कर्मचारीका रुपमा चिनिन्छिन् । त्यहाँ सात जना करार सेवाका कम्युटर अपरेटर कार्यरत छन्,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ जना,शहरीमा ८,शिक्षामा १०,कानुन मन्त्रालयमा २,भौतिकमा २ जना करार सेवाकै कम्युटर अधिकृतको रजगज चलिरहेको छ । अधिकांश मन्त्रालयदेखि स्थानीय तहसम्म करार सेवाकै कर्मचारीहरुको रजगज देखिन्छ । नियम अनुसार, कार्यालय सहयोगी, ड्राइभरलगायतका पदबाहेक करारमा कर्मचारी राख्न बर्जित छ । नियमअनुसार,बढीमा १ बर्षभन्दा बढी समय करार सेवामा काम लगाउन मिल्दैन तर विष्ट सात बर्षदेखि करार सेवामै गृहका महत्वपूर्ण शाखामा कार्यरत रहँदै आएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्याउ बोकेको ट्रकमा तस्करीको सुन भेटियो

सशस्त्रका डीएसपी राउत तानिए

रसुवामा ठूलो परिमाणमा सुन बरामद

सरकारी कर्मचारीलाई यसरी पनि सताउँछन्,सेवाग्राही

हिजो सुँक्कसुँक्क ,आज जिम्मेवारी

तत्कालीन अर्थमन्त्री,मेयर,प्रमुख प्रशासकीय अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

प्रतिनिधि सभा बैंठक LIVE

भिजिट भिसा काण्डमा डरलाग्दो सेटिङ्ग

बिशेष