गृहका कम्युटर अपरेटरको भिजिट भिसाको धन्दा,परे प्रहरीको फन्दा

गृहमा बसेर भिजिट भिसाको धन्दा चलाउँदै आएका एक कर्मचारी प्रहरीको फन्दामा परेका छन् । ६ बर्षदेखि गृहको कम्युटर अपरेटरका रुपमा कार्यरतद एक कर्मचारीले गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसा धन्दा चलाइरहेको भेटिएपछि उनी प्रहरीको फन्दामा परेका हुन । मानव बेचबिखनको आरोपमा भिजिट भिसामा विदेश दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका हुन ।

बिज्ञापन

उनले असार २१ मा थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए । गृहमन्त्री र सचिवको नाम बेचेर अनुचित दबाब दिँदै आएका कर्मचारीको बिषयमा थप बुझ्दा उनको कर्तुत सार्वजनिक भएसँगै विष्ट पक्राउ परेका हुन । विष्टलाई मावन बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो।

बिज्ञापन

०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा कार्यरत विष्ट मंगलबार सेवाबाट हटाइका छन् । गृहसचिव अर्यालले असार २५ गते (मंगलबार) विष्टलाई सेवाबाट हटाएका हुन । । जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई मन्त्रालयबाटै पक्राउ गरिएको हो ।

यस अघि यही प्रकरणमा पक्राउ परेकाविरुद्ध अदालतमा मुद्दा चल्यो । पक्राउ परेकामध्ये अधिकांश सात लाख धरौटी बुझाएर छुटेका थिए । यसरी पक्राउ परेकाहरु सेटिङमा छुटेसँगै त्यहाँ रहेका केही कर्मचारीहरुले यस्तो धन्दा र खेतीपाती फेरि जारी राखेका यो अर्काे उदाहरण हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्याउ बोकेको ट्रकमा तस्करीको सुन भेटियो

सशस्त्रका डीएसपी राउत तानिए

रसुवामा ठूलो परिमाणमा सुन बरामद

सरकारी कर्मचारीलाई यसरी पनि सताउँछन्,सेवाग्राही

हिजो सुँक्कसुँक्क ,आज जिम्मेवारी

तत्कालीन अर्थमन्त्री,मेयर,प्रमुख प्रशासकीय अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

प्रतिनिधि सभा बैंठक LIVE

भिजिट भिसा काण्डमा डरलाग्दो सेटिङ्ग

बिशेष