गृहका कम्युटर अपरेटरको भिजिट भिसाको धन्दा,परे प्रहरीको फन्दा

गृहमा बसेर भिजिट भिसाको धन्दा चलाउँदै आएका एक कर्मचारी प्रहरीको फन्दामा परेका छन् । ६ बर्षदेखि गृहको कम्युटर अपरेटरका रुपमा कार्यरतद एक कर्मचारीले गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसा धन्दा चलाइरहेको भेटिएपछि उनी प्रहरीको फन्दामा परेका हुन । मानव बेचबिखनको आरोपमा भिजिट भिसामा विदेश दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका हुन ।

बिज्ञापन

उनले असार २१ मा थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए । गृहमन्त्री र सचिवको नाम बेचेर अनुचित दबाब दिँदै आएका कर्मचारीको बिषयमा थप बुझ्दा उनको कर्तुत सार्वजनिक भएसँगै विष्ट पक्राउ परेका हुन । विष्टलाई मावन बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो।

बिज्ञापन

०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा कार्यरत विष्ट मंगलबार सेवाबाट हटाइका छन् । गृहसचिव अर्यालले असार २५ गते (मंगलबार) विष्टलाई सेवाबाट हटाएका हुन । । जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई मन्त्रालयबाटै पक्राउ गरिएको हो ।

यस अघि यही प्रकरणमा पक्राउ परेकाविरुद्ध अदालतमा मुद्दा चल्यो । पक्राउ परेकामध्ये अधिकांश सात लाख धरौटी बुझाएर छुटेका थिए । यसरी पक्राउ परेकाहरु सेटिङमा छुटेसँगै त्यहाँ रहेका केही कर्मचारीहरुले यस्तो धन्दा र खेतीपाती फेरि जारी राखेका यो अर्काे उदाहरण हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

बिशेष