कस्ले बुझ्छ र समायोजन पीडित कर्मचारीहरुको पीडा ?

केही साता अघि संसद सेवाका कर्मचारीहरु हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए उनीहरुको साता व्यापी आन्दोलन पछि सात बुँदे सम्झौता भयो र आन्दोलन रोकियो ।
यसै गरी कोशी प्रदेश लोकसेवा आयोगका कर्मचारीहरु आन्दोलित भए । उनीहरुको माग सम्बोधन भइनसके पनि काममा फर्किसकेका छन् तर असार मास धमाधम काम गर्नुपर्ने समयमा झण्डै दुई सातादेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा अन्तर्गतका कार्यालयका शाखा अधिकृतहरू एकैचोटि आन्दोलित छन् । उनीहरुले सचिव विकास सचिव डा दीपककुमार खराल र पशुपक्षी सचिव राजेन्द्र प्रसाद मिश्रलाई सामूहिक बिदा बुझाएर आन्दोलनमा होमिएका हुन । कृषिका अधिकृतहरुले दुई साता अघि बाटै आफ्नो वृत्ति विकास रोकिएको भन्दै कृषि सचिवलाई सामूहिक बिदा बुझाएर आन्दोलनमा होमिएका हुन ।

बिज्ञापन

झन्डै ३५० जना कर्मचारीको वृत्ति विकास रोकिएकाले आफूहरू बिदामा बस्न बाध्य भएको कर्मचारीहरुको भनाई छ । आठ वर्षदेखि बढुवालगायत वृत्ति विकास रोकिएको छ, न पद छ, न कुर्सी नै, म्यादी प्रहरीजस्ता भएका छन् समायोजन पीडित कर्मचारीहरु । २०७५ सालमा कर्मचारी समायोजन गर्दा ३४९ जना कर्मचारीलाई दरबन्दीभन्दा बढी समायोजन गरिएको, १८ देखि २० वर्षसम्म एकै पदमा कार्यरत हुँदा वृत्ति विकास रोकिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । उनीहरुले दैनिक जसो मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिइरहेका छन्। धर्ना दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि पुगेका हुन तर सुनुवाई भइरहेको छैन ।

बिज्ञापन

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोध स्वरुप धर्नामा बसेका छन् । उनीहरु मन्त्रालयको गेटमा लुडो खेलेर समय कटाइरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष