कस्ले बुझ्छ र समायोजन पीडित कर्मचारीहरुको पीडा ?

केही साता अघि संसद सेवाका कर्मचारीहरु हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए उनीहरुको साता व्यापी आन्दोलन पछि सात बुँदे सम्झौता भयो र आन्दोलन रोकियो ।
यसै गरी कोशी प्रदेश लोकसेवा आयोगका कर्मचारीहरु आन्दोलित भए । उनीहरुको माग सम्बोधन भइनसके पनि काममा फर्किसकेका छन् तर असार मास धमाधम काम गर्नुपर्ने समयमा झण्डै दुई सातादेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा अन्तर्गतका कार्यालयका शाखा अधिकृतहरू एकैचोटि आन्दोलित छन् । उनीहरुले सचिव विकास सचिव डा दीपककुमार खराल र पशुपक्षी सचिव राजेन्द्र प्रसाद मिश्रलाई सामूहिक बिदा बुझाएर आन्दोलनमा होमिएका हुन । कृषिका अधिकृतहरुले दुई साता अघि बाटै आफ्नो वृत्ति विकास रोकिएको भन्दै कृषि सचिवलाई सामूहिक बिदा बुझाएर आन्दोलनमा होमिएका हुन ।

बिज्ञापन

झन्डै ३५० जना कर्मचारीको वृत्ति विकास रोकिएकाले आफूहरू बिदामा बस्न बाध्य भएको कर्मचारीहरुको भनाई छ । आठ वर्षदेखि बढुवालगायत वृत्ति विकास रोकिएको छ, न पद छ, न कुर्सी नै, म्यादी प्रहरीजस्ता भएका छन् समायोजन पीडित कर्मचारीहरु । २०७५ सालमा कर्मचारी समायोजन गर्दा ३४९ जना कर्मचारीलाई दरबन्दीभन्दा बढी समायोजन गरिएको, १८ देखि २० वर्षसम्म एकै पदमा कार्यरत हुँदा वृत्ति विकास रोकिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । उनीहरुले दैनिक जसो मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिइरहेका छन्। धर्ना दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि पुगेका हुन तर सुनुवाई भइरहेको छैन ।

बिज्ञापन

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोध स्वरुप धर्नामा बसेका छन् । उनीहरु मन्त्रालयको गेटमा लुडो खेलेर समय कटाइरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष