निजामती सेवामा कर्मचारीको आकर्षण घट्दो, ११ महिनामै छाडे ८ सयले जागिर

चालु आर्थिक बर्षको ११ महिनामै ७ सय ९४ निजामती कर्मचारीले सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०/ ८१ को पछिल्लो ११ महिनामा ७९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएका हुन ।

बिज्ञापन

किताबखानाको रेकर्डमा सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिरी अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन्। जसमध्ये यही आर्थिक बर्षमा मात्र झण्डै ८ सय कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा बुझाएर हिडेका हुन ।सेवावधि बाँकी रहँदै राजीनामा गर्नेहरूमा माथिल्लो तहका कर्मचारीहरू पनि छन्। त्यसमा विशिष्ट श्रेणी (सचिवसरह) का सात कर्मचारी छन्।सहसचिवस्तरका आठ कर्मचारीले राजीनामा गरेका छन्। यसैगरी उपसचिवसरहका ४९ जना र अधिकृत सरहका ६९ जनाले सेवावधि नसकिँदै राजीनामा गरेका हुन्। निजामती सेवामा प्रवेश गर्नेहरूले सचिवको ५ वर्षे कार्यकाल र मुख्य सचिवको ३ वर्षे कार्यकालबाहेकको अवस्थामा ५८ वर्षसम्म जागिर खान पाउँछन् ।

बिज्ञापन

किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत छन् ।

विभिन्न कठिन ढोकाहरु पार गरेर सरकारी सेवामा प्रवेश गरेका नेपाल प्रहरी,नेपाली सेनाझैं निजामती कर्मचारीहरुले समेत राजीनामा दिएर हिड्न थालेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

बिशेष