सरकार छाड्नु अघि नै टेलिकमको प्रवन्ध निर्देशक र मुख्यसचिव नियुक्ति टुंग्याउने सुरसार

अल्पमतमा परेको प्रचण्ड सरकारले रिक्त रहेको मुख्य सचिव र नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति प्रक्रिया असार २८ अघि नै टुंग्याउने ढंगले काम गरिरहेको छ । यस्कै उदाहरण हो,शनिवार सार्वजनिक बिदाको दिन समेत नभनी नेपाल टेलिकमको प्रवन्ध निर्देशकको नियुक्तिका लागि अन्तर्वार्ताको लिइनु ।

बिज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहालले २८ असारमा विश्वासको मत लिँदैछन् । सो अघि नै नेपाल टेलिकमको प्रवन्ध निर्देशक र मुख्यसचिवको नियुक्तिको काम टुंग्याउने ढंगले काम भइरहेको हो । सुनिल पौडेललाई अख्तियार लागेपछि रिक्त रहेको नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति प्रक्रिया सरकार छाड्नु अघि नै टुंग्याउने ढंगबाट द्रुततर गतिमा अन्तर्वार्ता लिने काम भइरहेको छ । सञ्चार मन्त्रालयले २२ जेठमा नेपाल टेलिकमको प्रवन्ध निर्देशकका लागि विज्ञापन खोलेको थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशकको लागि सञ्चार मन्त्रालयले मागेको आवेदनमा विमल आचार्य, राजेश जोशी, अनन्त प्रकाश मल्लिक, संगीता पहाडी अर्याल, बुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला, नगेन्द्र कुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, शालिकराम पराजुली, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र प्रेमप्रसाद सिलवालले आवेदन दिएका थिए । जसमध्ये विवादस्पद् छविका व्यक्तिलाई टेलिकमको प्रवन्ध निर्देशक बनाउने गरी प्रक्रिया अगाडि बढाइएको हो ।

बिज्ञापन

सञ्चार मन्त्रालयका अनुसार आवदेनक १६ मध्येबाटमध्ये अब तोकिएको मापदण्ड पूरा गरेको आवदेनमध्येबाट प्रस्तुतीकरण र अन्तरवार्तामार्फत अन्तिम ३ जना छनोट हुने छन् । छनोटमा परेको अन्तिम ३ जनामध्येबाट सरकारले १ जनालाई टेलिकमको प्रवन्ध निर्देशकमा नियुक्त गर्नेगरी बिहीबार, शुक्रबार र हिजो शनिवारसमेत व्यावसायिक कार्ययोजनाको प्रस्तावसहित अन्तर्वार्ता लिने काम तमाम पारेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।  यी मध्येबाट अनिलकुमार झा वा विमल आचार्यमध्ये एक जनालाई टेलिकमको प्रबन्ध निर्देशक बनाउने तयारी छ । सो अनुसार नै प्रक्रिया अगाडि बढाइएको सञ्चार मन्त्रालय स्रोतको दावी छ ।टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति गर्ने छनौंट सिफारिस समितिमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा दूरसञ्चार क्षेत्रका विज्ञका रूपमा मन्त्रालयकै पूर्वसचिव हरि बस्याल र मन्त्रालयका सहसचिव बाबुराम भण्डारी सम्मिलित छनोट समिति छन् ।

टेलिकमको प्रबन्ध निर्देशक बनाउने जिम्मा पूरा गरेपछि सुवेदीलाई मुख्यसचिव बनाएर बिदा हुने सुरमा प्रधानमन्त्री दाहाल रहेको प्रधानमन्त्री कार्यालयले दावी गरेको छ । बैकुण्ठ अर्याललाई अख्तियार लागेपछि रिक्त रहेको मुख्यसचिव हुने दौडमा राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, गृहसचिव रहेका एकनारायण अर्याल, अर्थसचिव मधुकुमार मरासिनी र सचिव दिनेश भट्टराई तथा निमित्त मुख्यसचिव लीलादेवी गड्तौलालगायत छन्। माओवादी निकट मानिएका उनै सुवेदीलाई मुख्यसचिव बनाउने प्रस्तावसहित यो काम अगाडि बढाइएको हो भन्दैछन्,मुख्यसचिवको रेसमा रहेका सचिवहरु चाहिँ ।

बिज्ञापन

एमालेले विज्ञप्ती नै निकालेर अल्पमतको सरकारले दीर्घकालमा प्रभाव पार्ने निर्णय नगर्ने भनेको भए पनि सरकारले टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाएसँगै आलोचना हुन थालेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

बिशेष