अर्बको भ्रष्टाचार मुद्धामा निलम्बित मेयर फूलमाला बोकेर पुगे ओलीसामू

अर्बको भ्रष्टाचा मुद्धा लागेर निलम्बनमा परेका ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको भेटिएको छ । गत जेठ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै मेयर महर्जन,उपमेयर मुना अधिकारी,प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला लगायत सार्वजनिक पद धारण गरेकाहरु स्वत निलम्बनमा परेका छन् ।

बिज्ञापन

अख्तियारले अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेको र त्यसको कूल बिगो एक अर्बमाथि मुद्धा चलाएको छ । विभिन्न ५ वटा मुद्दामा कुल १ अर्ब ४ करोड ८७ लाख ३३ हजार रुपैयाँ बिगोसहित मुद्दा दायर गरिएको हो । अख्तियारले आर्थिक वर्ष २०७५ ०७६ देखि २०७९र ०८० सम्म सरकारी दर रेटभन्दा कम दर रेटमा ढुंगा, गिट्टी, रोडा, बालुवा उत्खनन गरेको भन्दै मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका हुन ।

बिज्ञापन

मेयर महर्जनमाथि ढुङ्गा गिट्टी निकासीमा न्यून राजश्व निर्धारण गरेर एक अर्ब बढीको राजश्व घोटाला गरेको आरोप लगाइएको छ । त्यस्तै सरकारी जग्गा व्यापारिक लाभको कम्पनीलाई दिएको र राजस्व खातामै जम्मा भइसकेको रकम फिर्ता गरेको अभियोगको भने अझै छानबिन बाँकी रहेको जनाइएको छ ।
अख्तियारमा पटक पटक बयानका लागि पुगेका महर्जन जोगाइदिनका लागि भन्दै काग्रेस सभापति शेरबहादुर देउवा निवासमा पटक पटक पुगेका र विभिन्न मन्दिरहरु धाँउदा समेत अख्तियारले मुद्धा चलाइसकेको छ ।
यही बीचमा राजनीतिले नयाँ मोड लिएको छ । नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यमा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएसँगै उनै निलम्बित मेयर फूलमाला बोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन । उनी फूलमाला लिएर ओलीलाई बधाई दिन पुगेका थिए । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेतासँग ओलीकहाँ गएका उनी माला लगाउन अघिअघि तम्सिएका थिए ।

सो क्रममा उनले आफूलाई विशेष अदालतको कारबाहीबाट जोगाइदिन आग्रह गरेको स्रोतको दाबी छ । काँग्रेस सरकारमा आउने भएसँगै महर्जनलाई नेताहरु भेट्न भ्याइनभ्याइ भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष