त्रिशक्ति ट्रेडसको प्रोपाइटरविरुद्ध ७ करोड ६० लाखको सम्पत्ति शुद्धीकरणको मुद्धा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले साता दिनकै अवधिमा अर्काे मुद्धा अदालतमा दायर गरेको छ । शुक्रवार त्रिशक्ति ट्रेडर्सका प्रोपाइटर सिद्धिबहादुर महर्जनविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा ७ करोड ६० लाख विगो कायम गर्दै अभियोग पत्र दायर गरेको हो ।

बिज्ञापन

उक्त ट्रेडर्सका प्रोपाइटर महर्जनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पतिका बारेमा छानबिन गर्दा राजश्व चुहावट गरी आफ्नो बैंक खाता मार्फत कसुरबाट प्राप्त रकम हो भन्ने जान्दा जान्दै सो रकम प्राप्त एवं धारण गरी कारोबार गर्ने समेतका कार्यहर गरी नीज महर्जनले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा १ को क, ख र ग ले निषेधित गरेको कार्य गरी गराई सम्पत्ति कसुर गरेको तथ्य पुष्टि हुन आएकाले ७ करोड ६० लाख ५ हजार ३ सय २४ रुपैयाँ विगो कायम गर्दै कसुरबाट प्राप्त सम्पत्ति (जग्गा शेयर समेत) जफत हुन मागदावी गर्दै अभियोग पत्र दायर गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

बिज्ञापन

विभागले पछिल्ला केहि दिन देखि सम्पत्ति शुद्धीकरण गर्नेहरु विरुद्धको छानबिनलाई आक्रामक रुपमा अघि बढाउदै आइरहेको छ । विभागले ३ दिन अघि मात्रै सम्पत्ति शुद्धीकरण गरेको आरोपमा देव विकास बैंकका शाखा प्रवन्धक समीर बुढाथोकी विरुद्ध १७ करोडको अभियोगपत्र दायर गरेको थियो ।

त्यस्तै केहि दिन अघि मात्रै विभागले सम्पत्ति शुद्धीकरण गर्ने काठमाडौँ गोकर्णेश्वरका चन्द्रबहादुर भनिने चन्द्रदीप राई विरुद्ध ८ करोड ४७ लाखको अभियोग पत्र दायर दायर गरेको थियो । अहिले विभागका महानिर्देशक छन्,कमल भट्टराई । भट्टराईले जिम्मेवारी सम्हालेको महिना दिनमै तीन वटा मुद्धा अदालत पुगेको छ । झण्डै ३३ करोड बिगो कायम गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष