उपसचिव,लेखा अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले काम नगरी भुक्तानी दिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,लेखापालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियारले मुद्धा चलाएकामा प्रमुख प्रशसकीय अधिकृत सहितका कर्मचारीहरु धनुषाको मिथिला बिहारी नगरपालिकाका हुन । विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी दिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाषकुमार झासहित ४ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाएको छ ।

बिज्ञापन

यस्तै यादव, झाका साथै जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादव र होजियारी उद्योग, जनकपुरधाम(२ का प्रोप्राइटर रामसुन्दर साह तेलीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०७९र०८० मा उक्त नगरपालिकाको वडा नम्बर ९ मा सञ्चालित विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी दिएको भन्दै मुद्दा दायर गरिएको हो ।​​ विद्यालयमा पोशाक खरिद गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तीमा ३ वटा आपूर्तिकर्तासँग लिखित रुपमा दरभाउ पत्र माग गरी खरिद मूल्यांकन समितिबाट निर्णय गराउनु पर्नेमा सो नगरेको अभियोगपत्रमा उल्लेख छ ।

बिज्ञापन

खरिद मूल्यांकन समितिको बैठकमार्फत मूल्यांकनसमेत नगराइ कार्यालयको टिप्पणी आदेशमार्फत मूल्यांकन गरी पेन्ट, स्कर्ट, सर्ट, जुत्ता, टाई, बेल्ट र मोजासमेत गरी ७ प्रकारका पोशाक सामग्री एकमुस्ट रुपमा २९५ सेट बापत ९ लाख ९६ हजार ६६० रुपैयाँ भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष