प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। सत्तासाझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निमित्त संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
बिज्ञापन
तीन बर्ष अघि केपी शर्मा ओलीलाई प्रधानमन्त्री थिए । असार २८ कै दिनमा सर्वाेच्च अदालतको परमादेशबाट केपी शर्मा ओलीको प्रधानमन्त्रीको कुर्सी खोसिएको थियो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको थियो ।र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । यही मिति (साइत) पारेर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र वालुवाटारबाट खुमलटार फर्कने तयारी गरिरहेका छन् ।
बिज्ञापन
७९ जेठ सात गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिश गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका थिए । उक्त रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलासले प्रतिनिधि सभा बिघटनलाई अवैद्य ठहर गर्दै केपी शर्मालाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वाेच्च अदालतले परमादेश जारी गरेको थियो ।
परमादेशबाट सरकार फालिएसँगै केपी शर्मा ओली बालुवाटारबाट बालकोट फर्किएको मिति हो असार २८ को तीन वर्षपछि प्रचण्ड बालुवाटारबाट खुमलटार फर्किँदै छन् । सोही समयमा केपी शर्मा ओली प्रधानमन्त्री बन्न लागेका हुन ।
बिज्ञापन
प्रधानमन्त्री नियुक्त भए यता प्रचण्ड वालुवाटारमा बस्दै आएका छन् । घर फर्कनु पर्ने पक्कापक्की भएपछि उनलाई कर्मचारीहरुलाई खुमलटारस्थित निवास सरसफाइ गर्ने निर्देशन दिइसेकका छन् ।