प्रमुख प्रशासकीय अधिकृतसहित आठविरुद्ध भ्रष्टाचार मुद्धा

सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित आठ जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।
बाटो निर्माण गर्दा उनीहरूले १२ लाख सात हजार २६० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नवराजपुर गाउँपालिकाका इन्जिनियर कृष्णा साह, सब इन्जिनियर सन्तोषकुमार यादव, लेखापाल सोमप्रसाद आचार्य, उपभोक्ता समितिका अध्यक्ष जीवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी, सचिव रामउदगार मण्डल र नवराजपुर गाउँपालिकाको वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष खुसीलाल साह छन् ।

बिज्ञापन

आर्थिक वर्ष २०७७/७८ मा नवराजपुर गाउँपालिका–२ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म सडक ग्राभेल गर्ने कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरूले नापी किताबमा उल्लेख भएबमोजिम फिल्डमा काम नगरी झुटा बिल बनाएर १२ लाख सात हजार २६० रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

बिशेष