प्रस्तावित निर्वाचन आयुक्तमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप, सुनुवाइ स्थगित

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ केही दिनका लागि रोकिएको छ । गत असार २ गते संवैद्यानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सोसँगै संसदीय समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । सुनुवाइ समितिमा चार वटा उजुरी परेको थियो । जसमा उजुरीकर्ताले गम्भीर बिषय प्रमाणसहित पेश गरेसँगै सुनुवाई प्रक्रिया स्थगित भएको हो ।

बिज्ञापन

प्रधानले यौन दुर्व्यवहार गरेको महिलासँग विहिबार छलफल भएको थियो । प्रधानले जबरजस्ती करणी गरी पीडितलाई ज्यानमार्ने धम्कीसम्म दिए । कानुन समाजको अध्यक्ष रहेका उनै प्रधान पूर्व प्रधानन्यायधीश निकटका हुन र उनैलाई राजनीतिक दलले बोकेर निर्वाचन आयोगमा नियुक्ति सिफारिस गरिएको थियो । उनै प्रधानले यो प्रकरणमा पीडितलाई एक करोड पच्चिस लाख रुपैयाँ रुपैयाँ दिएर घटनाको मिलापत्र गराएको चेकको फोटोकपी नै संसदीय सुनुवाई समितिमा पेश गरेसगै सुनुवाई प्रभावित भएको हो ।

बिज्ञापन

पीडित महिलाको नविल बैंकमा रहेको खातामा ५० लाख रुपैयाँ, २५ लाख रुपैयाँ र ५० लाख रुपैयाँ गरि एक करोड पच्चिस लाख रुपैयाँ जम्मा भएको भेटिएको हो । यसरी करोड दिएर यौनकाण्ड दबाइएको बिषय अहिले संसदीय सुनुवाई समितिमा परेको छ । यस अघि नेपालको संसदीय सुनुवाई समिति कर्मकाण्डी भएको आरोप लाग्दै आएको छ । कर्मकाण्ड पूरा गर्ने बाहेक उक्त समितिले अहिलेसम्म एक जना न्यायधीशबाहेक कसैको नियुक्ति सिफारिस उल्टाएको रेकर्ड छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष