प्रस्तावित निर्वाचन आयुक्तमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप, सुनुवाइ स्थगित

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ केही दिनका लागि रोकिएको छ । गत असार २ गते संवैद्यानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सोसँगै संसदीय समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । सुनुवाइ समितिमा चार वटा उजुरी परेको थियो । जसमा उजुरीकर्ताले गम्भीर बिषय प्रमाणसहित पेश गरेसँगै सुनुवाई प्रक्रिया स्थगित भएको हो ।

बिज्ञापन

प्रधानले यौन दुर्व्यवहार गरेको महिलासँग विहिबार छलफल भएको थियो । प्रधानले जबरजस्ती करणी गरी पीडितलाई ज्यानमार्ने धम्कीसम्म दिए । कानुन समाजको अध्यक्ष रहेका उनै प्रधान पूर्व प्रधानन्यायधीश निकटका हुन र उनैलाई राजनीतिक दलले बोकेर निर्वाचन आयोगमा नियुक्ति सिफारिस गरिएको थियो । उनै प्रधानले यो प्रकरणमा पीडितलाई एक करोड पच्चिस लाख रुपैयाँ रुपैयाँ दिएर घटनाको मिलापत्र गराएको चेकको फोटोकपी नै संसदीय सुनुवाई समितिमा पेश गरेसगै सुनुवाई प्रभावित भएको हो ।

बिज्ञापन

पीडित महिलाको नविल बैंकमा रहेको खातामा ५० लाख रुपैयाँ, २५ लाख रुपैयाँ र ५० लाख रुपैयाँ गरि एक करोड पच्चिस लाख रुपैयाँ जम्मा भएको भेटिएको हो । यसरी करोड दिएर यौनकाण्ड दबाइएको बिषय अहिले संसदीय सुनुवाई समितिमा परेको छ । यस अघि नेपालको संसदीय सुनुवाई समिति कर्मकाण्डी भएको आरोप लाग्दै आएको छ । कर्मकाण्ड पूरा गर्ने बाहेक उक्त समितिले अहिलेसम्म एक जना न्यायधीशबाहेक कसैको नियुक्ति सिफारिस उल्टाएको रेकर्ड छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष