बयानका लागि मेयर चिरिबाबुलाई अख्तियारको ३ नम्बर पिल्लरमा बोलावट

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ। बाढीपहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको आरोपमा उजुरी परेपछि अख्तियारले पत्र पठाउँदै मेयर महर्जनलाई सोधपुछका लागि आफ्नो कार्यालयमा आउन भनेको हो।

बिज्ञापन

अख्तियारमा परेको उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ।

बिज्ञापन

अख्तियारले चिरिबाबुलाई काटेको पत्रमा ०७८ असार ३१ को उजुरी अनुसन्धानको क्रममा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकोले तपसिलमा उल्लेखित मिति र समयमा सक्कल नागरिकता र एकप्रति पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नं ३ मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।

बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण भएको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो। महानगरपालिकाले मन्दिरको जग्गा मिचेर बनाएको भन्दै ललितपुर महानगरपालिका–१०, चाकुपाटस्थित अमात्यको घरको पर्खाल भत्काएको हो ।

बिज्ञापन

स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारको उजुरीको आधारमा महानगरको टोली डोजरसहित बुधबार पर्खाल भत्काउन पुगेको हो ।अख्तियारले पत्र काटेपछि मेयरले आयुक्तको घरमा चलाएका हुन वा डोजर चलाइसकेपछि अख्तियारले मेयर चिरिबाबुलाई पत्र काटेको हुन त्यो चाहिँ खुलेको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष