नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बिज्ञापन
काँग्रेससँग नयाँ गठबन्धन गरेर सत्तामा जाने समझदारी गरेको एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले पनि बुधबार साँझ नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका छन् ।
बिज्ञापन
नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो ।
समर्थन फिर्ता लिनु अघि एमालेले नैतिकताका आधारमा प्रचण्डले राजीनामा दिने अपेक्षा गरेको थियो । प्रचण्ड सरकार अल्पमतमा परेसँगै उनले नैतिकताका आधारमा राजीनामा नदिएपछि एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता गरेको हो । समर्थन फिर्ताको आधिकारीक पत्र केही समयमा प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहको एमालेले जनाएको छ ।
बिज्ञापन