अमेरिकाको पीआरले अर्काे सचिवको कुर्सी धरमर

बहालवाला मुख्यसचिव नै भ्रष्टाचार मुद्धा चलेर निलम्बन भएको अवस्थामा फेरि अर्को सचिव विवादमा तानिएका छन् र उनीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको एउटा निकायले छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

बिज्ञापन

०५१ सालबाट निजामती सेवामा पाइला राखेका रक्षासचिव किरण शर्माले अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएको बिषयमा राष्ट्रिय सर्तकता केन्द्रले छानबिन अगाडि बढेको हो । यो प्रकरणमा सर्तकता केन्द्रमा उजुरी परेसँगै केन्द्रले उनीमाथि छानबिन प्रक्रिया अगाडि बढाएको हो । दुई बर्षदेखि रक्षा सचिवको जिम्मेवारीमा रहेका शर्मासँग अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र पिआर रहेको स्वीकारेपछि नैतिक र कानुनी विवादमा फसेका छन् ।यस्तै पीआर प्रकरणमा जोडिएका विकल पौडेल अहिले खोरमा पुगेका छन् । नालगाँड आयोजनाका हाकिम जागिरै छाडेर भागेका छन् ।

बिज्ञापन

पर्वतका शर्मा २०५१ सालमा लेखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । निजामतीमा प्रवेश गर्नु अघि नेपाल राष्ट्र बैंक र त्यसअघि राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका शर्मा २०५९ सालमा प्रशासनतर्फ उपसचिव भएका थिए । ०६९ सालमा सहसचिवमा उक्लिएका शर्मा ७८ सालमा सचिवमा उक्लिएका हुन ।

३ माघ २०७८ मा तत्कालिन मुख्यसचिव शंकरदाश बैरागी र प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा रक्षासचिव भएर पद बहाली गरेका शर्मा अहिलेसम्म रक्षा मन्त्रालयमै कार्यरत छन् । यस बीचमा सचिव बनेकाहरु तीन चार वटा मन्त्रालय परिवर्तन भइसक्दा समेत किरण रक्षामै टिकिरहेका छन् ।

बिज्ञापन

जनप्रशासन र व्यापार प्रशासन गरी दुई विधामा स्नातकोत्तर गरेका शर्मा आफैले पहिला अमेरिकन पिआर ( विदेशी आवासीय अनुमति) लिएको र अहिले त्यागेको बताएको विषय बाहिर आएको छ ।

पिआरधारी राष्ट्रसेवकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाउनसक्ने कानुनी व्यवस्था छ ।
संविधानको धारा २९१ मा विदेशको स्थायी आवासीय अनुमति भएको कर्मचारी सरकारी सेवामा अयोग्य हुने किटान गरिएको छ । यता, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ ले पनि कुनै राष्ट्रसेवक कर्मचारीले झुटा विवरण पेश गरेमा ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने भनेको छ । अझै विशिष्ट श्रेणीको हकमा ५० प्रतिशत थप सजायको व्यवस्था छ ।

केन्द्रले सचिव शर्मासँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । लालबाबु पण्डित जतिखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए उनले डिभी र पिआर लिनेहरूलाई जागिर छोड्नुपर्ने निर्देशन दिए । सोही समयमा उमाकान्त पराजुलीले न्यूजिलेन्डमा आफ्नो परिवार रहेका कारण जागिरबाट विदा भए तर शर्माविरुद्ध अमेरिकी पीआर लिएको आरोप लागे पनि त्यसलाई अस्वीकार गर्दै आएका छन् । श्रीमती, छोरा, बुहारीहरूले अमेरिकन पिआर लिएर अमेरिकामैं बस्दै आएको बताइन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष