कमलादीमा नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन चलिरहेको छ । उक्त महाअधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल चलिरहँदा त्यहाँ नयाँ नेतृत्व चयनको चर्चा र परिचर्चा जति भइरहेको छ । त्यो भन्दा बढी चर्चा भइरहेको छ,पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई काँग्रेस सभापति शेरबहादुर देउवासँग हजो बेलुका भएको भेट र प्रस्तावको ।
बिज्ञापन
स सना दलका नेताहरुलाई बूढानिलकण्ठमै बोलाएर छलफल गरिरहेका सभापति देउवाले नेकपा एसका पार्टी अध्यक्ष माधव कुमार नेपाललाई हिजो बेलुका बूढानिलकण्ठस्थित निवासमै बोलाएर नयाँ गठबन्धनको सरकारमा दुई मन्त्रीसहित सहभागी हुन राखेको प्रस्तावको बिषय महाअधिवेशनस्थलमा खुबै चर्चाको बिषय बन्ने गरेको छ । माओवादी र एमालेको बर्तमान गठजोड भत्काएर एमाले नेतृत्वमा काँग्रेससहितको सरकार बन्ने भएसँगै उक्त गठबन्धनमा आउन देउवाले माधव कुमार नेपाललाई आग्रह गरेका हुन ।
बिज्ञापन
यता सबैजसो मधेशवादी दलहरुले समेत वर्तमान गठबन्धन सरकारलाई समर्थन गर्ने जनाएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टी,महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले कांग्रेस–एमाले गठबन्धनलाई सघाउने भएका छन् ।
यी सबै दलले सरकारलाई सघाउँदा समेत संविधान संशोधनका लागि एकीकृत समाजवादीको आवश्यक्ता रहेको हुँदा उसलाई सरकारमा ल्याउन खोजिएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिन्छ । अहिले गठबन्धन दलमा रहेका एमाले र कांग्रेस मात्रै मिल्दा राष्ट्रियसभामा दुईतिहाइ बहुमत नपुग्ने हुँदा एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउन खोजिएको बिषय एकीकृत समाजवादीको महाअधिवेशनमा चर्चाको बिषय छ ।
बिज्ञापन