सार्वजनिक जग्गा मिचेर अध्यक्षले ठडाए बंगला,आवश्यक कारवाही गर्ने अख्तियारको निर्देश

रसुवा जिल्लाका एक पालिका वडा अध्यक्षले सार्वजनिक जग्गा मिचेर बंगला ठडाएको बिषयले अख्तियार,सदरमुकाम धुन्चेदेखि टिमुरेसम्म हलचल मच्चिएको छ । गोसाइकुण्ड गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष मिङमर छिरिङ तमाङ यस्तो बदमासीमा मुछिएको भन्दै अख्तियारमा उजुरी परेपछि हलचल मच्चिएको छ ।

बिज्ञापन

गोसाईकुण्ड गाउँपालिका वडा नं २ निवासी मिङमर छिरिङ तमाङको कित्ता नं १२५ र १५८ मा कानुन विपरित सार्वजनिक जग्गा मिचेर बंगला ठडाएको बिषयमा अख्तियारमा उजुरी परेसँगै अख्तियारले सत्यतथ्य बुझेर आवश्यक कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार,आयोगले ८० साल माघ १४ गते जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारवाही गर्ने भन्दै पत्र काटेको छ । अख्तियारले जिल्ला प्रशासन,जिल्ला प्रशासनबाट पालिका हुँदै वडासम्म पत्राचार भइसकेको छ । आवश्यक कारवाही गर्ने निर्देशन दिइसकिएको छ तर दुई महिनाभन्दा बढी समय व्यतित भइसक्दा समेत कारवाही प्रक्रिया अगाडि बढेको छैन । बदनामीमा मुछिएका वडा अध्यक्षलाई जोगाउने भित्रभित्रै खेल चलिरहेको छ ।

बिज्ञापन

कित्ता नं १२५ र १५८ मा कानुन बमोजिमको नक्सा पास गराई सोही कित्तामा नक्सा बमोजिम घर निर्माण गर्नु पर्नेमा सो विपरित कित्ता नं ७१ को सार्वजनिक जागा समेत मिचेर व्यक्तिगत प्रयोजनको लागि घर निर्माण गरेको र ग्रामिण जलविद्युत आयोजनाको संरचनामा हानि नोक्सानी गरेको समेत देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालयललाई पत्र काटेको छ ।

अख्तियारले जिल्ला प्रशासन कार्यालय रसुवालाई पत्र काटेसँगै गत ८१ वैशाख २३ गते सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगीले गोसाइकुण्ड गाउँपालिकालाई सत्यतथ्य विवरण खुलाई पठाइदिन भन्दै पत्र काटेको छ,आवश्यक कारवाही गर्ने ।
जिल्ला प्रशासन कार्यालयले अख्तियार दुरुपयोग आयोग, टंगाल काठमाडौँमा दिएको उजुरीका सम्बन्धमा सत्य तथ्यको यथार्थ खुलाई विवरण पठाउन पत्र प्राप्त भएको हुनाले यथार्थता बुझी पठाईदिन हुन निर्देशानुसार अनुरोध छ । जिल्ला प्रशासनबाट प्राप्त पत्र र उजुरीको छायाँ पत्र संग्लन गरी सोही मितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले वडा नम्बर २ लाई पत्र सत्य तथ्य विवरण खुलाई पठाउन भन्दै पत्र काटेका छन् ।
यसरी कारवाही प्रक्रिया अगाडि बढाउन भन्दै पत्र काटिएको दुई महिना समय व्यतित भइसक्दा समेत कारवाही प्रक्रिया अगाडि बढ्न सकेको छैन । गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छन्, कामी छिरिङ तमाङ । उनी काँग्रेसको तर्फबाट वडा अध्यक्षमा जितेका हुन । यो बिषयमा वडा अध्यक्षले समेत आवश्यक चासो राखी कारवाही प्रक्रिया अगाडि बढाउन सकेका छैन ।
सार्वजनिक जग्गा मिचेर बंगला ठडाउने वडा अध्यक्ष चाहिँ एमालेका हुन । सो पालिकाका अध्यक्ष एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका कैसाङ तमाङ हुन । एमालेकै जनप्रतिनिधिले एमालेकै जनप्रतिनिधिलाई कारवाही गर्ने सक्ने कुरै भएन ।

बिज्ञापन

यता सार्वजनिक जग्गा मिचेर घर बनाएका अध्यक्ष तमाङले सोही बदमासी पखाल्नका लागि घरै नजिकै लाखौं खर्चेर गुम्बा निर्माण गरेका बताइन्छ । वडा अध्यक्षको पृष्टभूमि निकै विवादित छ । यस अघि बाघको छाला तस्करी प्रकरणमा उनी एक दशक जेल बसेर फर्किएका व्यक्ति हुन । भनिन्छ नि नानीदेखिको बानी सिस्नुपानी लगाएर कहाँ जाने ?सार्वजनिक जग्गा मिचेर बंगला ठडाएका बिषयमा कर्मचारी प्रेसले वडा अध्यक्षसँग जिज्ञासा राख्नका लागि पटक पटक टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।