अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सिभिल इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृत स्तर छैटौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैन एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
बिज्ञापन
बिज्ञापन
सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई सोमबार रंगेहात पक्राउ गरेको हो ।
हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
बिज्ञापन
फुङलिङ नगरपालिका, वडा नं. ४ न्यूरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























