भ्रष्टाचारका २५ ठूला काण्ड छानबिन गर्ने शक्तिशाली आयोग गठन गर्ने सरकारको तयारी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न २५ वटा काण्डको छानबिनका लागि शक्तिशाली आयोग बनाउने तयारी भइरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणको काम आफूले निरन्तर गरिरहेको बताए ।

बिज्ञापन

उनले भने कुनै पनि कालखण्डमा भएकामध्‍ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ ।मेरो र उसको नभनी सबैका पालामा चर्चामा आएका प्रत्येक प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव रहेको जनाउँदै कुनै पनि कालखण्डमा भएकामध्ये २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको गृहमन्त्री लामिछानेले बताए ।

बिज्ञापन

एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव नहुने भन्दै पर्याप्त कानूनी आधार, स्रोतसाधनसहित भएका संरचनाहरुको स्तरोन्नति आवश्यक रहेको उनले बताए ।

उनले भ्रष्टाचारमा संलग्नहरुमाथि कारबाही गर्न निर्मम भएर लाग्ने, कोही पनि बेचैन हुनु नपर्ने बताउँदै भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गरिने बताए ।

बिज्ञापन

यता काँग्रेसका सांसद प्रदीप पौडेललेगृहमन्त्री लामिछानेको पासपोर्टका विषयमा प्रश्न राख्दा यी दुबै बिषय अदालतमा विचराधीन भएको भन्दै बोल्न चाहेनन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष