७५४ कर्मचारी सन्ततीलाई शैक्षिक प्रोत्साहन वृत्ति, १९ को आवेदन रिजेक्ट

सरकारले निजामती सेवाअन्तर्गतका कर्मचारीहरूका ७५४ छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने भएको छ ।

बिज्ञापन

मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७८ अनुसार गत चैत्र १५ गते शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आवेदन आह्वान गरेको थियो । उक्त प्रक्रियामा सामेल भएर आवेदन दिनेमध्येबाट सचिवालयले ७७३ जनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो । मन्त्रालयले गत वैशाख १५ गते निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको थियो। मन्त्रालयले कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो । प्रक्रियामा सामेल भएर छनोटमा चित्त नबुझेका तथा गलत विवरण पेश गरेर छनोटमा परेकालाई गुनासो तथा उजुरी दिन भने आह्वान गरिएको छ ।
गुनासो पछि उजुरीपछि १९ जनाको प्रक्रिया नपुगेको भन्दै ती नाम काटेर मन्त्रालयले ७५४ जनाको अन्तिम नामावली प्रकाशन गरेको हो । मन्त्रालयका अनुसार,प्रक्रिया पूरा गरेर आथिएक बर्ष ८०/ ८१ को स्वीकृत कार्यक्रमअनुसार, शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउन प्रारम्भिक नतिजा सार्वजनिक गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको सचिवालयले जनाएको छ ।

बिज्ञापन

सरकारले निजामती कर्मचारी सन्तती छात्रवृत्ति शीर्षकमा झण्डै २२ करोड रकम खर्चने भएको छ ।

 

बिज्ञापन

कसले कति छात्रवृत्ति पाउँछन् ?
२० लाखभन्दा बढी शिक्षण शुल्क लाग्ने भए ५ लाख
१५ देखि २० लाखसम्म शिक्षण शुल्क लाग्ने भए ४ लाख
१० भन्दाबढी १५ लाखसम्म शिक्षण शुल्क लाग्ने भए ३ लाख
५ भन्दाबढी १० लाखसम्म शुल्क लाग्ने भए २ लाख
१ लाखभन्दा बढी ५ लाखसम्म लाग्ने भए १ लाख
१ लाख रुपैयाँभन्दा कम लाग्ने भए शतप्रतिशत छात्रवृत्ति

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. टीका ढकालको गजल

निजामती कर्मचारीलाई लक्षित गरी भोलिदेखि सिभिल अस्पतालको सध्याकालीन सेवा

Customs employee involved in crores of rupees’ worth of swag theft, customs chief suspended

कसरी जोगाउने मृगौला : के खाने,के नखाने ?

थपिएको छ– मोटोपन

परराष्ट्रको सवारी मर्मतमा ५ करोड ३२ लाख,इन्धनमा ५ करोड ३३ लाख स्वाहा

भ्रमण स्वीकृति नगराई मन्त्री र जनप्रतिनिधिको लस्कर विदेशतिर

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, आन्दोलनको तयारी

बिशेष