पञ्चायतले हुर्काएको ब्युरोक्रेसीमा तात्त्विक फरकपन ल्याउन सकेनौं:- उपमहासचिव गुरुङ

नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले अदालत, सेना, प्रहरी र कर्मचारीको लोकतान्त्रीकरण नगरे मुलुकमा फेरि प्रतिमगनको खतरा रहने बताएका छन् ।

बिज्ञापन

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कर्मचारीतन्त्र पञ्चायतकालीन मानसिकताको रहेको बताए । ब्युरोक्रेसी नयाँ बनाउन सकेनौं, ब्रिटिसकालीन मानसिकता कायम छ । लोकतान्त्रिक र जनमुखी बनाउन बाँकी छ । प्रहरीलाई पंगु बनाएका छौं, पार्टीकरण मात्र होइन पार्टीको गुटकरण भएको छ । उनले राज्यका पुराना संरचनालाई गणतन्त्रमैत्री बनाऔं । अनिमात्र आजको अभिभारा पूरा गरौला ।’

बिज्ञापन

अन्य संरचना संघीयता अनुसार गए, तर न्यायालयलाई परिवर्तनले छोएन, एकात्मक ढाँचामा छन्, संघीयतामैत्री छैनन् । तीनचार सय वर्ष अगाडि ब्रिटिस लिगेसीमा हुर्केको कर्मचारीतन्त्र, राणा शासन, शाह शासन, पञ्चायतले हुर्काएको यो ब्युरोक्रेसीमा तात्त्विक फरकपन ल्याउन सकेको छैन । त्यसमा लोकतान्त्रीकरण हुन बाँकी छ । त्यसलाई क्रान्तिकारी बनाउन बाँकी छ । जनमुखी, गणतन्त्रमैत्री बनाउन बाँकी छ। नेपाल प्रहरीमा यति धेरै राजनीतीकरण भयो । बहुदलीय कालमा र अहिलेसम्मको अवधिभित्र राजनीतिक दलहरूले प्रहरीलाई पङ्गु बनाएको सांसद गुरुङले बताए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष