मुख्यसचिवलाई नै मुद्धा लाग्नुले भ्रष्टाचारको जालो कति मजबुत रहेछ भन्ने देखायो

प्रतिनिधि सभाको बैंठकमा मुख्य सचिवमाथिको मुद्धाले चर्चा पाएको छ । सांसदहरुले निजामती प्रशासनको उच्च पदमा रहेका मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा लाग्नुपर्ने अवस्थाले देशकै बेइज्जत भएको बताएका छन् ।

बिज्ञापन

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले मुख्यसचिव डा वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गरे । उनले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनुले निजामती सेवा क्षेत्र कति समस्याग्रस्त भन्ने कुरा स्पष्ट हुने बताए ।

बिज्ञापन

देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले हाम्रो सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्ने कुरा बताउँछ । हाम्रो निजामतीभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्ने कुरालाई पनि बताउँछ । यो निजामतीमा मात्रै सीमित रहेर सम्भव छ ।’

यस्तै, कांग्रेस सांसद रामकृष्ण यादवले मुख्यसचिव बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लाग्ने अवस्था देशको लागि विडम्बनापूर्ण भएको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

बिशेष