कीर्ते प्रकरणमा सचिव पक्राउ,राजश्व हिनामिनाको मुद्धा अख्तियारमा

कीर्ते काण्डमा जोडिएका वडा सचिव पक्राउ परेका छन् । उनलाई कीर्ते प्रकरणमा जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले गोसाइकुण्ड गाउँपालिका २ नम्बर वडाका सचिव वाङदी तमाङलाई प्रहरीले आज रसुवाबाटै पक्राउ गरेको हो ।

बिज्ञापन

सरकारी राजश्व आफ्नै व्यक्तिगत खातामा दाखिला गर्नेदेखि जनप्रतिनिधिको सिग्नेचर कीर्ते गरेर बदमासी गर्दै आएका वडा सचिव वाङदी तमाङलाई प्रहरीले पक्राउ गरेको हो । उनको बदमासीबारे छानबिन गर्नका लागि रसुवा जिल्लाका साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवाली र कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकृत रहेको छानबिन समिति बनेको थियो । उक्त समितिले एक चरणको अनुसन्धान गर्दा कैफियत देखिएसँगै थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएकोमा आज बल्ल पक्राउ परेका हुन ।

बिज्ञापन

वाङदी दुई दशकभन्दा लामो समयदेखि एउटै वडामा सचिवका रुपमा कार्यरत थिए । उनी गोसाइकुण्ड गाउँपालिका टिमुरेका स्थानीय बासी समेत हुन । उनी सदरमुकाम धुञ्चेसँगै रहेको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ का वडा सचिवको जिम्मेवारीमा थिए । नक्कली रसिद काटेर २ लाख ६४ हजार रकम आफ्नो व्यक्तिगत खातामा दाखिला गराएएसँगै वडा अध्यक्षले प्रहरी प्रशासन र जिल्ला प्रशासनमा प्रमाणसहित उजुरी दिएका थिए । सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वको टोलीले वडा सचिवको कैफियत देखिएकाले थप छानबिन र कारवाही प्रक्रिया अगाडि बढाउनका लागि फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएकोमा ९ महिना पछि आज बल्ल पक्राउ परेका हुन ।

,नक्कली भौचर बनाएर सरकारी राजश्व अपचलन गरी व्यक्तिगत खातामा दाखिला गराउँदै आएका वडा सचिव तामाङले गत बर्ष साउन २४ गते ( चलानी नम्बर ३९१) आफ्नो नाममा दर्ता श्रेष्ता भएको रसुवा जिल्ला टिमुरे वडा नम्बर ८ र किता नम्बर १२९ को क्षेत्रफल १–१२–२–० को जग्गा राजीनामा पास गराउँदा अध्यक्षको कीर्ते हस्ताक्षर समेत गरेको भेटिएको थियो । उनले गरेको कीर्तेविरुद्ध उजुरी समेत जिल्ला प्रहरी कार्यालय,रसुवामा उजुरी दिएका थिए वडा अध्यक्षले ।

बिज्ञापन

यो प्रकरण सार्वजनिक भएसँगै उनलाई बचाउनका लागि जिल्लाका एकाथरी नेताहरु नै सक्रिय रहेको थिए । कीर्ते र राजश्व हिनामिना लगायतका अपराध गरी आर्जित रकम माथिल्ला तहसम्मका जिल्ला नेताहरुलाई पुर्याउने कर्म समेत गर्दै आएका कारण उनलाई जोगाउन रसुवाकै केही नेताहरु हात धोएर लागिपरेको जिल्लाकै नेताहरुको आरोप छ । राजश्व हिनामिना प्रकरणमा मुछिए पछि गत बर्ष नै छानबिनका लागि फाइल थप अध्ययन र छानबिनका लागि भन्दै अख्तियारमा पठाइएकोमा यो बिषयमा अख्तियारले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

इतिहासकै कमजोर डिजी घिमिरे अनिवार्य अवकाशमा, नयाँ महानिर्देशकको दौडमा चार सहसचिव

यी हुन खारेजी वा मर्ज हुन लागेका सरकारी कार्यालय

१३ करोड राख्ने बैंक खोज्दै विभाग

निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न मन्त्रालयको परिपत्र

आफन्त भर्ति र सवारी दुरुपयोग गर्ने ऊर्जा आयोगका सहसचिव पौडेल भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित

पूर्वीय सोच र मूल्यबाट सञ्चालित राज्य प्रणाली

बिशेष