गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी,निजामती प्रशासनले गर्ला त रेकर्ड ब्रेक ?

नेपालको इतिहासमा पहिलो निमित्त महिला मुख्यसचिवको जिम्मवारी लीलादेवी गड्तौलाको काँधमा आइपुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै मुख्यसचिव डा बैकुण्ठ अर्याल निलम्बित भएका छन् । चोरबाटोबाट बर्ष दिन अघि मुख्यसचिवको कुर्सीमा पुगेका अर्याललाई त्यहाँ फिट गराउने विकल पौडेलहरु नै भ्रष्टाचार मुद्धा चलेर जेल पुगेसँगै अर्याल समेत भ्रष्टाचारको मुद्धा खेप्ने ठाउँमा पुगेका हुन । आन्तरिक राजश्व विभागको अन्तःशुल्क स्टिकर छपाईसम्बन्धी प्रकरणमा तानिएका हुन् । भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएलगत्तै निजामती कर्मचारी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । मदिराको बोटलमा टाँसिने स्टिकर छाप्न मुद्रण केन्द्रलाई विना प्रतिस्पर्धा ठेक्का दिइएको थियो । केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल थिए भने विभागका महानिर्देशक रितेश शाक्य । मुख्य सचिव डा।वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेका छन् । ३८ करोड ६७ लाख बजेट रहेको उक्त छपाईमा छ करोड भुक्तानी भइसकेको छ । आयोगले सोही सन्दर्भमा गरेको छानबिन र यसअघि नै जेल चलान भएका केन्द्रका कार्यकारी निर्देशक पौडेलको बयानको आधारमा अर्याल पनि तानिएका हुन् ।
उनी निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिव सम्हाल्दै छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले कृष्णहरि पुष्कर,खगेन्द्र नेपाल,सुरजुकमार वैद्य,नारायण शर्मा दवाडी छन् । यीमध्ये बरिष्ठ सचिवको रुपमा गड्तौलालाई निमित्त सचिवको जिम्मेवारी सम्हाल्ने छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्यसचिव अर्याल स्वतः निलम्बित भएका छन् । कायम मुकायम मुख्य सचिव नियुक्तका लागि भने हाल रहेका सचिव मध्येबाट वरिष्ठ सचिवलाई मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार,गड्तौला निमित्त मुख्यसचिव बन्दैछिन् । उनी पहिलो महिला निमित्त मुख्य सचिव हुन । हालसम्म २६ जना मुख्यसचिव भए । मुद्धा चलेर निलम्बनमा परेका बैकुण्ठ अर्याल अघि शंकरदास बैरागी मुख्यसचिव थिए । त्यसभन्दा अघि लोकदर्शन रेग्मी,राजेन्द्रकिशोर क्षेत्री,डा सोमलाल सुवेदी,लीलामणि पौड्यालले मुख्यसचिव चलाए ।निजामती प्रशासनको उच्च पद मुख्यसचिव हालसम्म २६ जनाले् चलाए । मुद्धा चलेर निलम्बनमा परेका बैकुण्ठ अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिनियर सचिव लीलादेवी गड्तौलाको काँधमा स्वत निमित्त मुख्यसचिवको जिम्मेवारी आएको छ । सरकारले गड्तौलालाई नै मुख्यसचिव बनाएको खण्डमा निजामतीको उच्च पदमा पुग्ने पहिलो महिला मुद्ययसचिव बन्नेछिन्,गड्तौला ।

बिज्ञापन

पौड्याल अघि मुख्यसचिव थिए माधवप्रसाद घिमिरे,यस्तै उनी अघि क्रमश भोजराज घिमिरे,मुकुन्द शर्मा पौडेल,लोकमान सिंह कार्कीहरुले मुख्य सचिव चलाए ।
कार्कीभन्दा अघि विमल कोईराला,केशवराज राजभण्डारी,तीर्थमान शाक्य,वलराम सिंह मल्लले मुख्यसचिव चलाए । यस्तै ईश्वरप्रसाद उपाध्याय,मधुसुदनप्रसाद गोर्खाली,दामोदरप्रसाद गौतम,लोकवहादुर श्रेष्ठ,कर्ण ध्वज अधिकारी,भोगेन्द्रनाथ रिमाल,कृष्णवहादुर मानन्धरसम्म मुख्य सचिव भए । प्रधुम्नलाल राजभण्डारी,क्षेत्रविक्रम राणा,कृष्णबम मल्ल,कुल शेखर शर्मा,चन्द्र वहादुर थापा लगायत यस अगाडिको मुख्य सचिव हुन ।

बिज्ञापन

नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला निमित्त मुख्यसचिव बन्दैछिन गड्तौला । सरकारले अब मुद्धा चलेका मुख्यसचिव बैकुण्ठ अर्याललाई कुनै विशेष पद सिर्जना गरेर जगेडामा राख्ने र मुख्य सचिवमा नयाँ व्यक्ति ल्याउने गृहकार्य अगाडि बढेको छ । नयाँ मुख्य सचिवका रुपमा तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, एकनारायण अर्याल र दिनेश भट्टराईहरुलाई हेरिएको छ । ७० जना सचिवमध्ये वरिष्ठताको आधारमा डा तोयनारायण ज्ञवाली सबैभन्दा अगाडि छन् । योजना आयोगमा रहेका उनको कार्यकाल मुश्किलले डेढ महिना बाँकी छ । सञ्चार मन्त्रालयका रामकृष्ण सुवेदी पनि आगामी माघ फागुनमा अवकाश हुँदैछन् । माओवादी निकट भनिएका सुवेदीपछि तेस्रो नम्बरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई छन् ।यस्तै अहिले गृहमा रहेका एकनारायण अर्याल मुख्यसचिव बन्ने प्रतिष्प्रर्धामा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष