मुख्य सचिव,सहसचिवसहित ६ विरुद्ध भ्रष्टाचार मुद्धा दायर हुँदै

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । विकल पौडेल सुरक्षण मुद्रण कोषको हाकिम हुँदा उनलाई पक्षपोषण गर्ने गरी ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर ठेक्का प्रकरणमा तत्कालीन सञ्चार सचिव तथा हालका मुख्यसचिव बैकुण्ठ अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्धा चलाउन लागेको हो ।

बिज्ञापन

अख्तियारले यो प्रकरणमा सहसचिव रितेश शाक्यलाई पनि प्रतिवादी बनाइएको छ। शाक्य अहिले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख छन्। शाक्य आन्तरिक राजश्व विभागका महानिर्देशक हुँदा अन्तःशुल्क स्टिकर छपाइमा प्रकरण अगाडि बढेको थियो । यस्तै स्टीकर छपाईमा संलग्न आन्तरिक राजश्व विभागका उप महानिर्देशक टंक प्रसाद पाण्डे विरुद्ध पनि भ्रष्टाचार हुँदै छ ।

बिज्ञापन

अख्तियारले मुख्य सचिव,सहसचिव,उपसचिवसहित ठेकेदार कम्पनीका प्रतिनिधिलाई विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी गर्दैछ । अख्तियारको टोली केहीबेर अघि विशेष अदालतमा पुगेको छ ।अख्तियारका कर्मचारीहरुले अदालतमा फाइल पेश गरेको र अहिले रुजु गर्ने क्रम चलिरहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष