‘व्याक डेट’मा मुख्यसचिवको राजीनामा स्वीकृत गर्ने तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तशुल्क स्टिकर छपाई प्रकरणमा अनियमितता भएको ठहर सहित अहिले विशेष अदालतमा मुद्धा दायर गर्ने तयारी चल्दैछ ।
अख्तियारको टोली अहिले मुद्धा लिएर विशेष अदालत पुगेको छ । मुख्यसचिवविरुद्ध विशेषमा मुद्धा दर्ता गर्ने तयारी भइरहेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

टेरामक्स,टेलिकमको विलिङ,विकल पौडेलसँगको कारोवार,मन्त्रिपरिषद्कै निर्णय कीर्ते लगायतका ६ वटा फरक फरक भ्रष्टाचार र अनियमितता काण्डमा मुछिएका बैकुण्ठ अर्याललाई यस अगाडि नै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन आग्रह गरेका थिए ।

बिज्ञापन

यता बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्धा चल्दा निजामती प्रशासनकै बदनाम हुने भन्दै मुख्यसचिव अर्याललाई यस अघि नै पटक पटक राजीनामाका लागि प्रधानमन्त्रीले आग्रह गरेका थिए । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले समेत मुख्यसचिव अर्याललाई राजीनामा दिएर मार्गप्रशष्त गर्न आग्रह गरेका थिए ।
अख्तियारले शुक्रवार नै विशेषमा मुद्धा चलाउने तयारी गरेको थियो तर मुख्यसचिवको राजीनामा कुरेर बसेको थियो,अख्तियार ।

मुख्यसचिवले राजीनामा पत्र गोजीमा बोकेर हिडेको उनी निकटस्थहरु बताउँछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार यो समाचार तयार पार्दासम्म मुख्यसचिव अर्यालले पदबाट राजीनामा दिएका छैनन् । उनी आइतबार कार्यालयमा समेत आएका छैनन् । मोवाइल् स्वीचड अफ गरेर बसेका छन् । विशेषमा मुद्धा चलाउने तयारी चल्दासम्म मुख्यसचिवको राजीनामा आएको छैन । उनको राजीनामा व्याक डेटमा राखेर स्वीकृत गर्ने तयारी चल्दैछ ।बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्धा चल्दा राम्रो सन्देश नजाने भन्दै पूरानो मितिमा मुख्यसचिवको राजीनामा स्वीकृत गराउने तयारी चल्दैछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष