‘व्याक डेट’मा मुख्यसचिवको राजीनामा स्वीकृत गर्ने तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तशुल्क स्टिकर छपाई प्रकरणमा अनियमितता भएको ठहर सहित अहिले विशेष अदालतमा मुद्धा दायर गर्ने तयारी चल्दैछ ।
अख्तियारको टोली अहिले मुद्धा लिएर विशेष अदालत पुगेको छ । मुख्यसचिवविरुद्ध विशेषमा मुद्धा दर्ता गर्ने तयारी भइरहेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

टेरामक्स,टेलिकमको विलिङ,विकल पौडेलसँगको कारोवार,मन्त्रिपरिषद्कै निर्णय कीर्ते लगायतका ६ वटा फरक फरक भ्रष्टाचार र अनियमितता काण्डमा मुछिएका बैकुण्ठ अर्याललाई यस अगाडि नै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन आग्रह गरेका थिए ।

बिज्ञापन

यता बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्धा चल्दा निजामती प्रशासनकै बदनाम हुने भन्दै मुख्यसचिव अर्याललाई यस अघि नै पटक पटक राजीनामाका लागि प्रधानमन्त्रीले आग्रह गरेका थिए । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले समेत मुख्यसचिव अर्याललाई राजीनामा दिएर मार्गप्रशष्त गर्न आग्रह गरेका थिए ।
अख्तियारले शुक्रवार नै विशेषमा मुद्धा चलाउने तयारी गरेको थियो तर मुख्यसचिवको राजीनामा कुरेर बसेको थियो,अख्तियार ।

मुख्यसचिवले राजीनामा पत्र गोजीमा बोकेर हिडेको उनी निकटस्थहरु बताउँछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार यो समाचार तयार पार्दासम्म मुख्यसचिव अर्यालले पदबाट राजीनामा दिएका छैनन् । उनी आइतबार कार्यालयमा समेत आएका छैनन् । मोवाइल् स्वीचड अफ गरेर बसेका छन् । विशेषमा मुद्धा चलाउने तयारी चल्दासम्म मुख्यसचिवको राजीनामा आएको छैन । उनको राजीनामा व्याक डेटमा राखेर स्वीकृत गर्ने तयारी चल्दैछ ।बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्धा चल्दा राम्रो सन्देश नजाने भन्दै पूरानो मितिमा मुख्यसचिवको राजीनामा स्वीकृत गराउने तयारी चल्दैछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष